इलाम गोल्डकपको आयव्यय: २३ लाख बढी नाफा, १३ लाख बढी उठ्न बाँकी

  नयाँ बुलन्द
273 Shares

इलाम : गएको माघमा इलाम सदरमुकाममा सञ्चालित ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगितामा २३ लाख ७४ हजार छ सय ९६ रुपैयाँ नाफा भएको छ । नामामध्ये १३ लाख ८६ हजार दुई सय रुपैयाँ भने प्राप्त हुन बाँकी रहेको आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।

शनिबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजक रेडहर्ष फुटबल क्लबले ६६ लाख २० हजार चार सय ३२ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ ।

६६ लाख २० हजार चार सय ३२ रुपैयाँ आम्दानी गरेको क्लबले ५६ लाख ३१ हजार नौ सय ३६ रुपैयाँ खर्च भएको र नौ लाख ८८ हजार चार सय ९६ रुपैयाँ बैंक मौज्दात रहेको देखाएको छ । त्यसबाहेक दाताहरुले घोषणा गरेर पनि प्राप्त हुन बाँकी रहेको १३ लाख ८६ हजार दुई सय रुपैयाँ देखाएको छ । जसमा प्रदेश सरकार, विभिन्न स्थानीय तह र व्यक्तिहरु रहेको क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए ।

गत ६ देखि १३ माघसम्म इलामको ठूलो टुँडिखेलमा सञ्चालित प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टिम सहभागी थिए ।

यस्तो छ, आयव्यय विवरण :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार