माईजोमगाई : इलामको माईजोगमाई गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार ५ नं. वडा कार्यालय सोयाङमा सम्पन्न गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय र शाखाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
माईजोगमाई गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ५४ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यक्रममा १२ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा नेत्रप्रसाद चापागाई, सुमन बेघा, गजेन्द्र लिम्बू, धनाहाङ ताम्लिङ लिम्बू, बलबहादुर खत्री, ख्याम मगर, योगेन घिमिरे, निरोज घिमिरे, नरेन्द्र राउत, नरेन्द्र खत्री, महेन्द्र सापकोटा र श्याम चापागाईंले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले माईजोगमाई गाउँपालिकामा भइरहेका र हुनुपर्ने विकास निर्माण, गुणस्तरीय सेवा प्रवाह र सुशासन प्रवर्द्धन सम्बन्धी विभिन्न गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई, निमित्त कार्यालय प्रमुख गोकुल सञ्जेल, ५ नं. वडा अध्यक्ष निर्मलध्वज राई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख करुणा नेपाल, कृषि विकास शाखा प्रमुख उषा प्रधान, आन्तरिक लेखा परीक्षक समिक्षा पौडेल, राजस्व शाखा प्रमुख अशोक लिम्बू, योजना शाखाका बन्धु राईलगायतले दिएका थिए ।
उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख करुणा नेपालले गरेकी थिइन् । त्यस्तै विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवाप्रवाहबारे वडाको जानकारी वडा सचिव अनिता खत्रीले र गाउँपालिकाको निमित्त कार्यालय प्रमुख गोकुल सञ्जेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट सहजकर्ता पत्रकार राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ ।
नागरिक अभिमतबाट सार्वजनिक चासो तथा समस्याको समाधान चाँडै गर्ने व्यवस्था गरिनुपर्ने, विपन्न वर्गको लागि छुट्याएको सेवा प्रयोगबारे नागरिकलाई जानकारी दिने व्यवस्था गरिनुपर्ने, एउटा कामको लागि धेरै पटक धाउनु पर्नु व्यवस्थाको अन्त्य गरिनुपर्ने, कार्यालयमा भएको नागरिक बडापत्रबारे सेवाग्राहीलाई जानकारी गराउने कार्यक्रम संचालन गरिनुपर्ने, पालिका तहमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाउने नीति लिइनुपर्ने, सभाबाट कानुन बनाउँदा र कार्यपालिकामा नीति, नियम, निर्देशिका, मापदण्ड तयार गर्दा छलफलमा सम्बन्धित सरोकारवालाको प्रतिनिधित्वि गर्ने व्यवस्था गरिनुपर्ने, उजुरी पेटिकाको उपयोग बढाउने सम्बन्धी कार्यक्रम संचालन गर्नुपर्ने, वडा र गाउँपालिकाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा टाँस्ने व्यवस्था गरिनुपर्ने सुझाव औंल्याइएको छ ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । कार्यक्रमको सञ्चालन र सहजीकरण राम योङहाङले गरेका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda बाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमका तस्विरहरु :