नयाँ बुलन्द डटकमले आठौं वार्षिक उत्सव मनाउँदै

  नयाँ बुलन्द
91 Shares

इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो आठौं वार्षिक उत्सव कार्यक्रम सोमबार विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

नयाँ बुलन्दले माङसेबुङ गाउँपालिकामा वार्षिक उत्सव मनाउन लागेको हो । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८१ सार्वजनिक, नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार वितरण र अन्तर्क्रिया कार्यक्रम गर्नेछ ।

जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले स्थापना गरेको १० हजार राशीको नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार पत्रकार प्रकाश नेपालले पाउनेछन् । नेपाल इमेज टेलिभिजन, हिमशिखर टेलिभजन, हिमालय टाइम्स दैनिक र नयाँ बुलन्दमा आवद्ध छन् ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङले यस वर्षदेखि नयाँ बुलन्दको वार्षिक उत्सवको अवसरमा बर्सेनि एकजना अनलाइन पत्रकारलाई पुरस्कृत गरिने बताए ।

त्यस्तै संघीयता प्रवर्द्धनमा पत्रकारिता र स्थानीय तहको सहकार्य विषयक अन्तर्क्रिया हुनेछ । कार्यक्रममा छलफलपत्र प्रस्तुत हुनेछ । अन्तर्क्रियामा माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्माचारी र जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार