पहिचानवादीको माङसेबुङमा साढे पाँच किलोमिटर र्‍याली, ‘मुढा’ को माहोल बढ्दै

  नयाँ बुलन्द
189 Shares


इलाम :  इलाम-२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ ।

यसै क्रममा सोमबार (आज) इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक/शुभचिन्तकहरुले साढे पाँच किलो मिटर र्‍यालीपछि वृहत चुनावी सभा गरेका छन् ।

किरात धर्म गुरु आत्मानन्द लिङल्देनको आश्राम नजिकैबाट सुरु भएको र्‍याली रिङरोड पुरै परिक्रमा गर्दै सोही स्थालमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीको उद्घाटन किरात धर्म गुरु आत्मानन्द लिङ्देनबाट भएको थियो ।

सभालाई सम्बोधन गर्दै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले आफू नेपाली जनताको सुःख, शान्ति चाहने एमाले, कांग्रेस, रास्वपाको पनि साझा उमेद्वार भएको दाबी गरे ।

इलाम—२ मै ३ दशक अघिदेखि शिक्षा, सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा इमानको साथ काम गरेको कारण एमाले, कांग्रेस भित्रका नेता, कार्यकर्ताहरुले पनि गोप्य रुपमा मतदान गर्ने भनिरहकोले आफू जित्ने निश्चित भएको बताए ।

थेगिमले दमक, चिसोपानी पञ्चमी, रबि सडक खण्डको नाम फाल्गुनन्द मार्ग बनाउन पहल गर्ने, माङ्सेबुङ रिङरोडलाई आत्मनन्द लिङ्देन नामकरण गर्ने, किरात विश्व विद्यालय स्थापनाको लागि पहल गर्ने बताएका छन् ।

आफू स्वतन्त्र भएको हुनाले देशमा क्यान्सरको रुपमा बढ्दै गएको भ्रष्ट्राचार, कमिसन र अनियमिता विरद्ध कार्यकालभरी सडक, सदनबाट भण्डाफोर गरेर जनता माझ नङ्ग्याउन लाग्ने, मजदुर, किसान, युवा, विद्यार्थी जेष्ठ नागरिक तथा समावेशी, समानुपातिक राज्य व्यावस्था कार्यान्वयन गर्न लाग्ने उमेद्वार थेगिमले बताए ।

कार्यक्रममा किरात राई यायोक्खा महासचिव भीम राईले डकेन्द्रसिंह थेगिम लिम्बू राई, लिम्बू, मगर, गुरुङ, तामाङ, नेवार, दलित, मधेशी, क्षेत्री, बाहुनको पनि साझा उमेद्वार भएको बताए । राई समुदायको साझा संस्था यायोक्खाले संस्थागत रुपमै साझा स्वतन्त्र उमेद्वार थेगिमलाई भोट लगाउन सर्कुलर भएकोले ढुक्क भएर मुढामा भोट लगाउन आव्हान गरे ।

कार्यक्रममा अमेरिकाको मिचिगन विश्व विद्यालयका प्रध्यापक डा. महेन्द्र लावती, किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, नेपाल आदिबासी जनजाति महासंघका पूर्ब उपाध्यक्ष गोबिन्द छन्त्याल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, नाउपाका पदम अधिकारी, साझा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी लगायतले साझा स्वतन्त्र उमेद्गवार थेगिमको लागि मुढामा भोट मागेका छन् ।

जसपाका केन्द्रीय सदस्य खगेन्द्र माखिमले पहिचान विरोधीहरु सत्तामा रहेको भन्दै सत्ताधारीलाई एक जुट भएर चुनौती दिने कुरा समान्य नभएको बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इङ्बुङले छाता, दापसहितको खुकुरी, घर, ढाकी जस्ता चुनाव चिन्ह स्थगित गरेर मुढामा आएको भन्दै संघीय संसदमा आफ्नो मुद्धा सहभागी गराउन सबैले भोट दिनुपर्ने बताए ।

कार्यक्रममा किरातल राईल यायोक्खा उपाध्यक्ष राकेश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।

माङ्सेबुङ किरात धार्म मान्ने धर्मालम्बीहरुको मुख्य क्षेत्र हो । स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू यही पृष्ठभूमिबाट आएका नेता हुन् । सोमबारको सभामा करिव चार हजार समर्थकको सहभागी रहेको नागरिक उन्मुक्ति पार्टीको सहमहासचिव दिलकुमार लावतीले बताए ।

राजनीतिक पार्टी नेताहरुको भ्रष्ट्राचार, कमिसन, व्यक्ति स्वार्थमा जनताले प्रत्यक्ष देख्नेगरी लागेपछि कांग्रेस, एमाले नेताहरुबाट वितृष्ण भएका जनता स्वतन्त्रको पक्षमा बढ्दै गएकाहुन् ।

कांग्रेस, एमालेका हर्कतबाट वितृष्णा भएका जनता अघिल्लो निर्वाचनमा रास्वपालाई बिकल्पको रुपमा लिनखोजे पनि रबि लामिछाने आफै सहकारी संस्थामा २ करोड ठगी काण्ड बाहिर आएपछि इलाममा मुढा चिन्हको उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूप्रति जनता आकर्षित भएको देखिएको छ । कार्यक्रममा गायिका सुनिता थेगिमले बिभिन्न गित गाएर जनतालाई मनोरञ्जन दिएका थिए । युवाहरुले मन पराएका अर्का गायक एकदेब लिम्बू पनि थेगिमको चुनाव चिन्ह मुढामा भोट माग्दै मिनि कन्सर्टमा व्यस्त छन् ।

सभामा वृहत उपस्थिति

स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकले हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा (गुरु आश्राम) नजिक लगायतमा चुनावी सभाहरु भएको छ । यी सभाहरुमा जाति जनसहभागिता सुहाङ नेम्वाङ, डम्बर खतिवडाको कार्यक्रममा उपस्थित नदेखिएको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम एक्तेनको भनाइ छ ।

चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इलामको मंगलबारे बजारमा भब्य चुनावी सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायले आफ्नो पूर्खालाई पितृदेवा वा भगवान मान्दछ । पितृ रिसाएमा घर परिवार र गाउँमा अशुभहुने विस्वास राख्दछन् ।

राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र उमेद्वार डकेन्दसिंह थेगिम लिम्बूलाई भोट लगाउने निणर्य गरेको भन्दै राई लगायत इलाम—२ का आम जनतालाई हातले बनेको मुढामा भोट लगाउन अनुरोध गरेका छन् ।

सभामा अभियान्ता तथा नेपाल आदिबासी जनजाति महासंघका पूर्ब महासचिव आङ्काजी शेर्पाले डकेन्द्रसिंह थेगिम स्थानीय ओर्गानिक उमेद्वार भएकाले सबै लागेर जिताउन आव्हान गरेका छन् ।

थेगिम इलामे जनताको सुख, दुःखमा रहने उमेद्वार भएको शेर्पाले बताए । थेगिम शीरमा कफन बाँधेर पहिचानको आन्दोलनमा लागेको जनताको असली सेवक भएको शेर्पाको भनाइ थियो ।

शेर्पाले अष्ट्रेलियामा विदेशीको भाडाँ माझ्दै गरेका सुहाङलाई टिकट दिएर पार्टीमा योगदान गरेका सुरेन्द्र केसी, बुद्धि खनाललाई एमालेले अन्याय गरेको भन्दै राजाको छोरा राजा मानेर बस्नुभन्दा इमान्दार कार्याकर्ताहरुले डकेन्द्र थेगिमलाई भोट लगाउने बताए ।

शेर्पाले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को महासचिव भएर संघीयता विरोधीको घण्टी लगाएर आएका मिलन लिम्बूलाई फोनिजले तुरुन्त बर्खास्त गर्नुपर्ने बताएका छन् ।

यायोक्खा महासचिव भीम राई र यसेरी लिम्बूले सञ्चालन गरेको चुनावी सभामा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू, चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन, पूर्व संस्कृति मन्त्री गोपाल किराती, केशव सुर्यबंशी, आर्यन मंगोल, पदम अधिकारी लगायतले विचार राख्दै मुढामा भोट मागेका छन् ।

कार्यक्रममा गायक कलाकारहरु एकदेब लिम्बू, सुनिता थेगिम, गंगा फ्याक, तिर्सना नेम्वाङ, राजेन्द्र केरुङ लगायतले गीत प्रस्तुती दिएर समर्थक/शुभचिन्तकलाई मनोरञ्जन दिएका थिए ।

इलाम, नवमी बजार, मंगलबारे लगायतको चुनावी शभामा सर्वसाधरणको भब्य उपस्थितिहुने गरेकोले जित सुनिश्चित भएको किरात याक्थुङ चुम्लुङको महासचिव निरन्ति तुम्बापोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार