इलाम-२ : रास्वपाका उम्मेदवार मिलन लिम्बूले जित्‍न सक्ने १० आधार

  नयाँ बुलन्द
182 Shares

इलाम : इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले सक्रियता बढाएका छन् । उम्मेदवारहरू विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र ८ स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरू विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् ।

उनीहरूले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । भौगोलिक रुपमा विकट भएपनि उम्मेदवारहरू घरघरमा आइपुगेको देख्दा मतदाताहरू मख्ख छन् । उम्मेदवार टोलटोलमा आफ्नो घोषणापत्र र प्रतिबद्धता पत्र बाँडिरहेका छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नकेपाको उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एकमात्र क्षेत्रमा निर्वाचन हुन लागेपनि देशभरका राजनीतिक सरोकारवालाहरूको ध्यान यतिबेला इलाम–२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ ।

कांग्रेसका लागि आफ्नो हैसियत प्रमाणित गर्नुपर्ने, एमालेका लागि लालकिल्ला जोगाउनुपर्ने तथा राष्ट्रिय स्वतन्त्र पार्टिका लागि नयाँमा आशा भएको प्रमाणित गर्ने आधार यो उपनिर्वाचन बनेको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट २० को उम्मेदवार रहे पनि एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको चर्चा चुलिएको छ ।

प्रतिनिधिसभामा २१ सिट जितेको रास्वपाले इलामको उपचुनावबाट एक सिट थप्ने दाबी गरेको छ । तनहुँको उपचुनावमा डा. स्वर्णिम वाग्लेले अप्रत्याशित जित हात पारेजस्तै इलाममा अप्रत्याशित जित निकाल्ने रास्वपाको रणनीति छ । इलाम-२ मा रास्वपाले जित्ने के-के छन् आधार ?

१. नयाँ दल र रास्वपाको लहर
गत संसदीय निर्वाचनबाट चौथो शक्तिको रुपमा उदाएको रास्वपाले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पत्रकारिता क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै रास्वपा प्रवेश गरेका मिलनले विकासको एजेन्डा बोकेर मैदानमा छन् ।

पुराना राजनीतिक दलदेखि जनता वाक्क दिक्क भएका छन् । पुराना पार्टीहरूले केही काम गरेनन् भन्ने जनतामा गुनासो छ । ती दलप्रति मतदातामा चरम निराश देखिएको छ । पुराना दलहरूले बारम्बार झुक्काएका छन् । यो गर्छु, त्यो गर्छु भन्दै ढाटेका छन् । जनताले नयाँ अनुहार खोजेका छन् ।

गत संसदीय निर्वाचनबाट उदाएको रास्वपाले केही गर्छ कि भन्ने जनतामा आशा जगाएको छ । अरूलाई बारम्बार हेर्‍यौँ, एक पटक रास्वपालाई हेरौँ भन्ने जनताको मनोविज्ञान रहेको देखिन्छ ।

पार्टी सरकारमा रहेको फाइदा लिन सक्ने अवसर रहँदा सभापति रवि लामिछाने गृहमन्त्री भएर सुरक्षा निकाय चलाउन सक्ने पाइँदामा रास्वपा छ । जसले सूचना र निर्वाचनको धरातल थाहा हुने तथा मनोवैज्ञानिक दाबी राख्न सकिने पाइँदामा रास्वपा रहने छ ।

रास्वपाको लहर र सभापति लामिछानेको लोकप्रियताले मिलन लिम्बूलाई चुनाव जित्न सहयोगे पुग्ने देखिन्छ ।

२. असन्तुष्टहरूको मत
गत निर्वाचनमा साढे चार हजार मत प्राप्त गरेको रास्वपाले यो निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका असन्तुष्टहरूको मत तान्ने रणनीति बनाएको छ ।

इलाम–२ उपनिर्वाचनलाई लिएर यी तीनै ठूला दलभित्र तीव्र मतभेद छ । नेकपा एमालेले सुवासचन्द्रकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । जसका कारण लामो समय पार्टीमा योगदान गरेका इलामेली एमाले असन्तुष्ट छ ।

वंशमा जन्मिएकै आधारमा सुहाङले टिकट पाएपछि झन्डै तीन दशक सुवासको झोला बोक्ने एमालेका पुराना नेता, कार्यकर्ताहरू निराश छन् । एमालेमा वंश परम्परा विकसित र झ्याङ्गिँदा लामो राजनीतिक सङ्घर्ष गरेका कार्यकर्ताहरू चिन्तित छन् । उक्त भोट रास्वपाको उम्मेदवार मिलन लिम्बूलाई जाने देखिन्छ ।

३. पहिचानको भोट
रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई पहिचानवादीको पनि भोट जाने देखिन्छ । आदिवासी जनजाति पत्रकार महासंघका महासचिव समेत रहेको मिलन आफैँ पहिचान आन्दोलनका अभियन्ता हुन् । उनले कोशी प्रदेशको नामलाई लिएर थुप्रै ‘मुभमेन्ट’ चलाएका थिए ।

यद्यपि, पहिचानवादीको धेरै भोट चाहिँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जाने देखिन्छ । उनलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन्  । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका डकेन्द्रलाई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उठेर धरान उपमहानगरपालिकाको प्रमुख बनेका हर्क साम्पाङको साथ छ । उनले पहिचान पक्षधरको मत तान्ने र बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा राखेका छन् ।

४. माओवादीले उम्मेदवार नदिनु
इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार दिएको छैन । उसले नेकपा एमालेकै उम्मेदवार सुहाङलाई सघाउने भएको छ । तर, आफूलाई पहिचानको कित्तामा उभाएको माओवादीले पहिचानवादीको ट्याग लागेको एमालेलाई भोट भने दिइहाल्ने अवस्था देखिँदैन ।

आफ्नै उम्मेदवार नहुँदा माओवादीको कार्यकर्तामा खिन्नता छाएको छ । आफूलाई  पहिचानवादी दाबी गर्दै आएको र अहिले पहिचान विरोधको ट्याग लागेको पार्टीलाई भोट माग्न जाँदा अफ्ठ्याराे हुने माओवादीका एक नेता बताउँछन् । पहिचानबारे जनताले प्रश्न गर्दा पहिचानबारे प्रश्न गर्दा आफूहरूसँग उत्तर नै भएको तीन नेता बताउँछन् । केन्द्रको निर्णयले इलाम माओवादी फसादमा परेको उनी बताउँछन् ।

मिलन लिम्बू पूर्वमाओवादी नै हुन् । उनी माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरको सचिवसम्म भएका थिए । इमाल–२ को उम्मेदवारी घोषणा गर्नु केही दिन अघि मात्रै उनले माओवादी त्यागेका घोषणा गरेका थिए । तर, अहिले पनि माओवादीको एक समूह मिलनसँगै रहेको बताइन्छ ।

माओवादीले आफ्नै उम्मेदवार नउठाउँदा पूर्वमाओवादी मिलनलाई केही राहत मिलेको देखिन्छ । माओवादीको ४० देखि ४५ प्रतिशतसम्म मत मिलनलाई जान सक्ने आकलन एमाले–माओवादीको छ ।

५. इलामेली जनताको सेवा
मलिन युवा र पहिचानवादीको छवि, राजनीति बुझेको र भूगोलसँग भिजेको पात्र हुन् ।  इलामको हरकुना पुगेका उनलाई इलामेली जनताको समस्याबारे उनी जानकारी छन् । उच्च माध्यमिक शिक्षा गाउँमा उपलब्ध नभएपछि गाउँ छाडे । तर, उनी गाउँ र गाउँलेसँग कहिल्यै टाढिएनन् । रोजीरोटीको लागि संघीय राजधानी काठमाडौं बस्दै आए पनि मिलन इलामेली जनताको सेवामा सधैँ तत्पर रहे ।

उनी, इलामेली जनताको सेवामा काम गर्न उनी सधैँ अघि सर्ने गरेका छन् । इलामेली जनताको समस्या लिएर उनी विभिन्न अड्डा, अदालत र मन्त्रालय धाउने गरेका थिए । साह्रोगाह्रो परेका इलामेली जनताको लागि उनीले विभिन्न सहयोग अभियान समेत चलाएका थिए ।

६. साझा उम्मेदवार
मिलन लिम्बू रास्वपाको मात्रै उम्मेदवार होइन, उनी सबैको ‘साझा उम्मेदवार’ हुन् । सबै दल, समुदाय र इलामेली जनताको साझा उम्मेदवार हुन् । रास्वपासँगै उनीलाई माओवादी, पहिचानवादी, युवा र समुदायको उम्मेदवारभन्दा फरक पर्दैन ।

उनलाई माओवादी र पहिचानवादीको भोट पनि जाने देखिन्छ । किनभने, उनले यी दुवै आन्दोलनको पक्षमा काम गरेका छन् । जनयुद्धमा समेत लागेका लिम्बू पहिचान अभियन्ता समेत हुन् ।  अरु दलका कुनै पनि उम्मेदवारले मिलनले जस्तो सबैको प्रतिनिधित्व गर्न सक्दैनन् ।

७. इलाम बुझेका युवा
मिलनको पुर्ख्यौली थलो सोही निर्वाचन क्षेत्रमा पर्छ । इलामको ग्रामीण पृष्ठभूमिमा हुर्किए उनी सानैदेखि राजनीतिमा लागेका लागेका थिए । जनता जगाउन पत्रकारितालाई पेसा बनाए । विकृति र विसंगतिविरुद्ध कलमलाई तिखो पारे ।

मिलन इलाम–२ को सम्पूर्ण भूगोल र कला संस्कृतिको जानकार भएकाले जनताका समस्या र सम्भावनालाई नजिकबाट बुझेको व्यक्ति हुन् । कुनै भ्रष्टाचार, अनियमितता र अपराधमा नमुछिएका उनी निष्कलङ्क युवा हुन् । दल पनि नयाँ, व्यक्ति पनि नयाँ त्यसैले उनीमाथि इलामेली जनताको ठूलो विश्वास रहेको छ ।

८. मिलनका मुद्दा
आफूलाई अकबरे उम्मेदवार बताउने मिलनको मुद्दा अरू दलको भन्दा भिन्न छ । उनी आफ्नो जिल्लालाई विकास र सम्भावनाको हिसाबले माथि उकास्न र कृषिमार्फत समुन्नत देश बनाउने बताउँछन् । साथै पहिचान, धर्म, संस्कृतिलाई पनि उनले आफ्नो मुख्य मुद्दा बनाएका छन् ।

उनले अरू उम्मेदवारले जस्तो ‘म यो गर्छु, त्यो गर्छु’ भनेका छैनन् । उनले ‘हामी गर्छौँ, जनतासँग मिलेर गर्छौँ, इलामेली जनतालाई सरकारसम्म जोड्ने पुलको काम गर्छु’ भन्दै आएका छन् । उनले जनतालाई मख्खै पार्ने आश्वासन बाँडेका छैनन् । सम्भव हुने काम मात्रै गर्ने प्रतिबद्धता गर्दै  आएका छन् । जसले गर्दा उनलाई एक परिपक्क नेताको रुपमा हेरिएको छ ।

९. रवि  र मतदाताको मनोविज्ञान
टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता लामिछाने राजनीतिमा पुरै नयाँ नाम थियो । राजनीति उनको नितान्त नयाँ बाटो थियो । टेलिभिजनको पर्दामा सामाजिक मुद्दा उठाउनेबाहेक समाजसँग सिधा जोडिने अरू गतिविधिमा पनि उनी कतै संलग्न थिएनन् ।  तर, छोटो समयमै उनले यस्तो ‘माहोल’ बनाए कि एमाले र कांग्रेसजस्तो पार्टीलाई आछुआछु बनाइदिए ।

अहिले पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर जनताले भोट दिन थालेका छन् । गाउँमा बुढाबुढी आमाबुबाले पनि ‘मेरो यो पार्टी, त्यो पार्टी’ भन्न छाडेका छन् । पार्टीभन्दा पनि आफ्नो सन्तानको सल्लाह अनुसार भोट दिने गरेका छन् । त्यसको उदाहरण हो, काठमाडौंका मेयर बालेन र धरानका हर्क साम्पाङ ।

युवा र विदेशमा रहने अधिकांशले एकपटक रास्वपालाई भोट दिनुपर्ने सुझाव दिने गरेको बताइन्छ । अहिले सन्तानले जसलाई भोट दिन सुझाव दिन्छन्, गाउँका बाबुआमाले पनि उसैलाई भोट दिने गरेका छन् ।

१०. धार्मिक र पर्यटकीय फ्याक्टर
इलाम धार्मिक र पर्यटकीय फ्याक्टर भएको क्षेत्र हो । त्यहाँ हिन्दु, किरात, क्रिश्चियन, हेभनपाथ लगायतमा आस्था राख्ने मान्छेहरू छन् । मिलन भने किरात धर्ममा आस्था राख्ने व्यक्ति हुन् । उनको परिवार किरात धर्मगुरु आत्मनन्द लिङ्देनको अनुयायी समेत हो ।  रास्वपाका कारण हिन्दु र मिलन व्यक्तिका कारण दुवै धर्ममा आस्था राख्नेहरूको मत उनलाई जाने सम्भावना छ ।

विगतको निर्वाचनको अङ्कगणितलाई हेर्दा भने मिलनलाई जित्न मुस्किल देखिन्छ । गत निर्वाचनमा समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल थियो । कांग्रेसको २२ हजार ३३ मत ल्याएको थियो भने माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गर्दा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो ।

तर, भरखर जन्मिएको साढे चार हजार बढी मत ल्याउनु अप्रत्याशित बनाएको छ । अहिले सबैतिर छाइसकेको रास्वपाले तनहुँ-१ मा जस्तै जित निकाल्ने आकलन गरिएको छ ।

-दृष्टि न्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार