इलामको मैदानमा जब सुहाङ र मिलनको जम्काभेट भयो (तस्बिरहरू)

  नयाँ बुलन्द
112 Shares

इलाम : सुहाङ नेम्बाङ र मिलन लिम्बू आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका प्रतिस्पर्धी हुन्।

इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि सुहाङ नेकपा एमालेबाट मैदानमा छन् भने मिलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएको छ।

दुवैजना अहिले निर्वाचन क्षेत्रकेन्द्रित चुनाव प्रचार अभियानमा छन्।

माओवादी केन्द्र छाडेपछि गत बिहीबार रास्वपाको टिकट पाएका मिलन तत्कालै जिल्ला पुगेका हुन्। उता सुहाङ भने साताअघि नै जिल्लामा केन्द्रित भइकेका छन्।

एकै उमेरका दुई युवक चुनावी मैदानमा होमिँदा धेरै मतदातालाई अनौठो लागेको छ। यसअघि इलाम २ मा पाका पुस्ताबीच प्रतिस्पर्धा हुने गरेको थियो।

उनीहरू दुवैजना एकै समुदाय अर्थात् लिम्बू हुन्। चुनावी अभियानका क्रममा शनिबार रास्वपाले उम्मेदवारी घोषणा गरेकै ठाउँ अर्थात् इलामको चोकबजारमा आइतबार यी दुई युवकबीच जम्काभेट भयो।

जम्काभेट भएपछि दुवैजना प्रतिस्पर्धीले हात मिलाए भने मुस्कुराउँदै एकअर्काबीच अंकमाल पनि गरे।

भेटका क्रममा एकअर्कालाई शुभेच्छा व्यक्त गरे। दुई प्रतिस्पर्धीबीच करिब ४ मिनेट भलाकुसारी भयो।

उक्त कुराकानीका क्रममा मिलनले सुहाङलाई आफ्नो घरमा आएर खाना खाएर जाने प्रस्ताव गरे।

मिलनले भने, ‘मेरो घरमा आएर आमाले पकाएको खाना खाएर गइदिनुहोला।’

मिलनको प्रस्तावको जवाफमा सुहाङले भने, ‘पक्कै पनि म तपाईंको घरमा पुग्नेछु।’

केही समर्थक र कार्यकर्तासहित जम्काभेट गरेका दुईजनाबीच सौहार्दरूपमा कुराकानी भएपछि उनीहरू आफ्नो अभियानका लागि छुट्टिए।

छुट्टिए।

हेर्नुहोस् तस्बिरहरु :

 

 

 

 

 

 

-नेपाल खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार