
इलाम : आज होली पर्व, हिमाली र पहाडी क्षेत्रका नेपालीहरूले हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।
यसैक्रममा इलाममा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। इलाम चोक बजारमा उपस्थित भएका मानिसहरूले एकले अर्कालाई रंग दली शुभकामना आदानप्रदान गरेका थिए।
फागु पूर्णिमाको अवसरमा आज पहाडी र हिमलाी जिल्लामा तथा भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।
असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।
एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ।
तस्बिरहरु :




















































