आजदेखि प्रथम इलाम गोल्डकप सुरु हुँदै

  नयाँ बुलन्द
329 Shares

इलाम : इलाम सदरमुकाममा प्रथम संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इलाम गोल्डकप आज (शानिबार) सुरु हुँदैछ ।

भारतको एक टोलीसहित नेपालका सात टोलीको सहभागितामा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक रेडहर्ष फुटकल क्लब इलाम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच खेल हुनेछ ।

इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक इलाम र दार्जिलिङसित ‘ए’ डिभिजन क्बल न्युरो टिम (एनआरटी) काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी र बाग्मती युवाक्लब सर्लाही गरी ८ वटा टोली सहभागी छन् ।

माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु ३ लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद प्रस्कार प्रदान गरिने आयोजकका अध्यक्ष योल्मूले बताउनुभयो ।

गोल्डकपमा दर्शकका लागि प्रवेश शुल्क रु एक सय राखिएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो । सेमीफाइनमा रु दुई सय र फाइलनमा रु तीन सय राखिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने नि:शुल्क प्रवेश गर्न पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उद्घाटन समारोहका लागि स्टेज निर्माण, पोष्टर टाँसलगायत सम्पूर्ण काम सम्पन्न भएको छ । उद्घाटन समारोहमा इलामे कलाकार द भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता विनोद राई र इलामकै गायक यम बरालसमेतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार