संघर्ष समितिको बन्दले मेची राजमार्ग ठप्प

  नयाँ बुलन्द
553 Shares

इलाम : पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति’ले आह्वान गरेको मेची राजमार्ग बन्दले बुधबार राजमार्ग ठप्प भएको छ ।

बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएका छैनन् ।

आन्दोलनकारीहरु बिहानै सडकमा निस्किएर टायर बालेर सवारी साधन बन्द गराउँदै हिँडेका छन् । इलामबाट सञ्चालन हुने साधन नचल्दा यात्रुले भने सास्ती खेप्नु परेको छ ।

संघर्ष समितिले पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाईको माग गर्दै आज (बुधबार) र भोलि (विहीबार) मेची राजमार्ग बन्दको आह्वान गरेको हो ।

किरातीलाई गत पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । यता संघर्ष समितिले आफ्नो कार्यकर्तालाई झुटो मुद्धा लगाएर फसाउन खोजेको भन्दै रिहाईको माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार