टिपर दुर्घटना- १ जनाको मृत्यु, २ जना घाइते

  नयाँ बुलन्द
210 Shares

पाल्पा : पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हिजो (बिहीबार) बेलुकी रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको छ भने दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् ।

उनीहरूको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार