सूर्योदय नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (फोटो/भिडियोसहित)

  नयाँ बुलन्द
126 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकाले सेवाग्राही नागरिकहरुको गुनासो लिने र सम्बोधन गर्ने उद्देश्यले नियमि रुपमा सार्वजनि सुनुावाई सुरुवात गरेको छ । सूर्योदय नगरपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई बुधरबार सम्पन्न गरेको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

नगरकार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा नगर कार्यपालिकाको कार्यालय फिक्कलको प्राङ्गणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा एक सय ८७ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा ८ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा दिनानाथ मिश्र, दिपक अधिकारी, यमन लामा, सचेन राई, कमल गदाल, भीष्म बुढाथोकी र निरोज चाम्लिङ राई चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले नगरपालिकाको विवकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ नगरप्रमुख रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, स्वास्थ्य शाखा प्रमुख रविन खत्री, कर तथा राजस्व शाखा प्रमुख चुडामणी बराल, कृषि विकास शाखा प्रमुख सीमा कार्कीलगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।

नगरप्रमुख राईले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले सूर्योदय नगरपालिकाको विकास र समृद्धिका लागि सूर्योदय विकाम मोडेलमा काम गरिरहेको बताउँदै नगरबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

नगरउपप्रमुख दुर्गा बरालले प्रत्यक्ष र अभिमतबाट प्राप्त सुझावकै आधारमा नगरपालिका अघिब बढ्ने बताए । उनले प्राप्त सुझावलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले सेवाग्राहीहरुबाट आएको सुझावलाई सम्पत्तिको रुपमा अनुशरण गर्दै कार्यालयको तर्फबाट आगामी दिनमा सेवा प्रवाहलाई गुणस्तरीय बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नगरकार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो फिक्कल ९०.६ मेगाहर्ज, बुद्धवाणी एफएम ९५.७ मेगाहर्ज र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रम सूर्योदय नगरपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।

कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

भिडियो भाग १

भिडियो भाग २

भिडियो भाग ३

फोटोहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार