डिफेन्डिङ च्याम्पियन तेह्रथुमलाई हराउँदै मोरङ सेमिफाइनलमा

  नयाँ बुलन्द
672 Shares

इलाम : सञ्जय धिमालको गोलमा सिरिजंगा स्पोर्टिक क्लब मोरङ इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुमलाई १-० गोलको अन्तरमा पराजित गर्दै सिरिजंगा स्पोर्टिक क्लब मोरङ सेमिफाइलन प्रवेश गरेको हो ।

सिरिजंगाका लागि खेलको २८ औं मिनेटमा वान भर्सेज वानको पोजिसनमा धिमालले सहजै जाली चुमाएका थिए । उता ए डिभिजन लिग खेलेका बिजु भुजेल, अशोक खवास र अफ्रिकी खेलाडी पेपेलगायत खेलाडीको साथमा मैदान उत्रेको छथरले पाएको थुप्रै अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट बाहिरियो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम सिरिजंगाका धिमाल घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

सोमबार गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा-पवित्र खेलकुद समितिले जनाएको छ ।

विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

फाइलन १७ मंसिरमा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमको सहभागिता थियो ।

छथर गाउँपालिका तेह्रथुम र सिरिजंगा स्पोर्टिङ क्लब मोरङबीचको खेलको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार