माईपोखरी त्रिधार्मिक महोत्सवमा ३२ लाख बढी भेटी संकलन

  नयाँ बुलन्द
252 Shares

इलाम :  इलामको सन्दकपुर गाउँपालिकास्थित माईपोखरीमा आयोजित त्रिधार्मिक (हिन्दु, बौद्ध र किरात) पर्यटन महोत्सव जारी छ ।

रामसार क्षेत्रमा माईपोखरीमा बुधबार छैटौं दिनसम्म हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गरिरहेका छन् । धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने उद्देश्यले आयोजित महोत्सवमा भक्तजनबाट भेटी संकलन हुने क्रम बढेको छ ।

बिहीबारसम्म ३२ लाख ११ हजार ३ सय ४७ रुपैयाँ नगद भेटी संकलन भएको प्रचारप्रसार समितिका संयोजक श्याम राईले जानकारी दिए ।

अन्य भक्तजनहरुले दैनिक रुपमा स्वेच्छिक रुपमा नगद र जिन्सी दान गर्दै आएका छन् । दैनिक रुपमा नगद र जिन्सी र भेटी दान गर्ने क्रम बढेको आयोजक समितिका अर्थ समिति संयोजक नेत्र रिजालले बताए । भक्तजनहरुले मूल आयोजक समितिले निर्माण गरेको क्युआर कोडमार्फत सिधै समितिको बैंकमा र कतिपयले नगदै समेत भेटी दान गर्दै आएका छन् ।

धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी माईपोखरीमा यतिबेला दर्शनार्थीको घुँइचो लागेको छ । महोत्सव अलोकन गर्न एवम् माईपोखरीको दर्शन गर्न अहिले दैनिक ५ हजार बढी भक्तजनहरु आउने गरेका छन् । पूर्वी नेपालका विभिन्न जिल्लासँगै छिमेकी भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरु माईपोखरी आउने गरेका छन् ।

महोत्सव शुक्रबारसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार