घुम्न जाउँ इलामको गजुरमुखी (भिडियो सहित)

  नयाँ बुलन्द
1.5k Shares

इलाम : इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकीय हिसावले उत्कृष्ट गन्तब्य मानिन्छ । दैनिक सयौँ भक्तनहरु जाने गरेका भए पनि त्यहाँ पुग्ने पक्की सडक र भौतिक पूर्वाधारको कमी भने अझै यथावत नै छ ।

चारखोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा पर्दछ । स्थानीय बाजवीर लिम्बूले पत्ता लगाएको भनिएको गजरामुखीबाट नै यसको गजुरमुखीधाम नामाकरण भएको बताइन्छ ।

यसको उत्पत्ति करिव २ सय ५० वर्ष अगाडी भएको किम्बदन्ती छ ।

विशेष गरेर निसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जनविश्वास रहेको छ । विषेशगरी निसन्तान र कुनै बच्चाको बोलि आउँदैन भने ठिक हुने यहाँको प्रमुख विषेशता रहेको छ ।

गजुरमुखीमा एक पटक मात्रै गएर नहुने मान्यता छ । गजुरमुखीसँग केहि माग्न आए पुरा भएपछि पुन आफुले मागेको कुरा पुरा भएको खवर पुर्याउन जानुपर्ने मान्यता छ ।
यही मान्यता अनुसार भक्तजन दुई पटक त्यहाँ पुग्ने गर्दछन । शनिवार र मंगलबार भक्तजनहरुको घुइँचो लाग्ने गजुरमुखीमा नजिकै रहेको देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठूलो मेला समेत लाग्ने गरेको छ ।

स्वदेशी वाहेक भारतको सिक्कम, दार्जिलिङ, भुटान लगायतका स्थानहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् । यहाँ कात्तिकको पुर्णीमामा वर्षेनी मेला लगाइन्छ । धार्मिक विश्वास र भक्तजनको भाकल पुरा हुने भएकाले सवै ठाउँहरुबाट आउँने गरेका छन् ।

इलाम सदरमुकामबाट करिव २० किलोमिटर मेची राजमार्ग र त्यहाँबाट १३ किलोमिटर पक्की सडक हुँदै देउमाई नगरपालिकाको मंगलबारे पुगेपछि करिव डेढ घण्टा कच्ची सडक सवारी मार्फत पार गरेपछि त्यहाँ पुग्न सकिन्छ ।

कच्ची सडक भएपनि हिउँद वर्खा नै सवारी सञ्चालन हुने भए पनि यस सडकले मात्र पर्यटकको संख्या बृद्धि गर्न पर्याप्त नरहेको स्थानीय बताउँछन् । खान र बस्नका लागि त्याहाँ सामान्य किसिमका होटल तथा लजहरु छन् ।

तर, पर्यटकहरुको संख्या बृद्धि हुँदा होटलहरु समेत अपुग हुने देखिन्छ ।

धार्मिक र पर्यटकीय हिसावले जिल्लाकै अब्बल स्थान मानिने गजुरमुखी धाम पुग्नलाई भौतिकपुर्वाधार र पक्की सडक निर्माणमा चासो दिने हो भने दैनिक हजारौँ पर्यटक भित्रिन सक्नेछन ।

यसको विकास गर्न स्थानीय र जनप्रतिनिधिहरुले चासो राखेर प्रसारप्रचार गर्न सके यस क्षेत्रका स्थानीयले व्यवसायीकतासँगै आयस्तर माथि उठ्ने विश्वास लिएका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार