वडा कार्यालयले एकल महिलालाई वितरण गर्‍यो ३३ वटा बाख्रा

  नयाँ बुलन्द
210 Shares

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका-८ नम्बर वडा कार्यालयले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताए ।

वडाभित्रका ६० वर्षभन्दा कम उमेर भएका ३३ जना एकल महिलालाई एक–एक वटाका दरले बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुनुवारले जानकारी दिए । वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नै घरमा पालेको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार