सन्तान नभएकालाई सन्तान प्राप्ति हुने ‘गजुरमुखीधाम’ (भिडियो/तस्बिरहरु)

  राम योङहाङ
518 Shares

फाइल तस्बिर

इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा इलामको गजुरमुखीधाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकालाई सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो ।

हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुमुखीधाम समुद्री सतहबाट ४ सय ८० मिटर उचाइमा अवस्थित छ ।

यहाँ प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा ३ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । पवित्र देउमाई खोलाको नजिक रहेको धाम आसपास रेहेको समतल भूभाग र हराभरा वनले पनि त्यहाँ पुग्नेलाई मोहित बनाउने गरेको छ ।

मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिंढी, बाटोको राम्रो व्यवस्था भएको छ । धामको शिर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैंचा र प्राकृतिक हरियालीले सिंगारिएको यो क्षेत्र चित्ताकर्षक र मनोरम छ ।

इलाम सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । इलाम सदरमुकामबाट मेची राजमार्गको नेपालटार-मंगलबारे-हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ । झापाको दमकबाट चतुरे, इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।

भिडियोमा हेर्नुहोस् :

तस्बिरहरु हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार