शुभ दिपावली खुला महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टारलाई

इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा आयोजित शुभ दिपावली खुला महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टार क्लब माङसेबुङले हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका-६ लाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै रेडस्टारले उपाधि चुमेको हो  ।

जितसँगै विजेता रेडस्टारले नगद २५ हजार र ट्रफि हात पार्‍यो । उता उपविजेता माङसेबुङ गाउँपालिका-६ ले नगद १५ हजार  र ट्रफिमा चित्त बुझाउन बाध्य भयो ।

स्थानीय गजुरमुखी युवा समिति माङसेबुङ-१ को आयोजनामा २१ कात्तिकदेखि संचालित प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाबाट १२ टिमको सहभागिता थियो ।

आयोजक गजुरमुखी युवा समिति अध्यक्ष ज्योतिहाङ नेम्बाङको अध्यक्षतामा भएको समापन समारोहमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ गाउँपालिका १ नं. वडा अध्यक्ष भूपाल योङहाङ,  प्रवक्ता सुसन राई, माङसेबुङ युवा तथा खेलकुद विकास समिति अध्यक्ष अतित योङहाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार