किरात याक्थुङ चुम्लुङ अमेरीकाद्वारा मनाईयो वलिहाङ तङनाम

अमेरीका : किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा विभिन्न कार्यक्रम गरी बलिहाङ तङनाम मनाईएको छ ।

१० नोभेम्बर २०२३ (आइतबार) संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित गुल्शन टेरेसमा शुभकामना आदानप्रदान, चियापान, भेषभूषा प्रदर्शन, सम्मान र  साँस्कृतिक कार्यक्रम गरी बलिहाङ तङनाम मनाइएको छ ।

कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम, किरात याक्थुङ चुम्लुङ नेपालका पूर्व महासचिव तथा कियाचु अमेरिकाका पूर्व सल्लाहकार लिला सिंघकको नेतृत्वमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) लारिङगेक, नाम्लिङगेक (देउसी भैलो) प्रस्तुत गरिएको थियो ।

सो टिममा संस्थाका सुबास चोङ्बाङ, बिष्णु चोङबाङ, मौसम ईङनाम, पूर्ण खिम्दिङ, बन्दना तुम्बाहाङफे, केपी शेर्मा, रिना थाम्सुहाङ, सरोज थाङदेन, निलम योङहाङ जवेगु, भिमा देवान, विमल चेम्जोङ, रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, पुरन पयाङ्गु र सोनिया यकयुक लिम्बुलगायत सहभागी थिए ।

कियाचु अमेरिकालाई सहयोग गर्ने लिला सिंघक, विजेता थेबे, सुबास चोङबाङ, बिष्णु चोङबाङ, भिमा देवान, निलम योङहाङ जबेगु, सरोज थाङदेन, रुपा याक्खा, राम लिम्बु, रिना थाम्सुहाङ लिम्बु, भुपेन्द्र अधिकारी, सोनिया यक्युक लिम्बु, सुम्निसामा मेन्याङबो, हिक्मत लिम्बु र सजना योङहाङ लिम्बुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।

याक्थुङ लिम्बु भेषभूषा प्रदर्शनीमा सहभागी बालबलिकाहरु नामबिनहाङ पयङ्गु, मिसुमहाङ्मा चेम्जोङ्, मिराक पयङ्गु, इरभान कार्की, प्राची बिसुन्खे, सारङ लिम्बु, सारगोप बिसुङ्खे, निस्चय लिम्बु राई, हाङ्सा सुब्बा, नियोन योन्जन, साक्निम खिम्दिङ्, नैया लावती, नामहाङ चेम्जोङ्, मुक्कुम तुम्बाहाम्फे, लिलिन तुम्बाहाम्फेलाई सम्मान गरिएको थियो ।

त्यस्तै स्वर्निम लिम्बु राइ, आरभहाङ लिम्बु कार्की, अर्या लिम्बु, खेम्सेक मावो लिम्बु, साम्योङ थेवे, मिसाम खिम्दिङ्, हिल्ली इवाहाङ् लिम्बु, प्रनभी थेवे, मिङ्नाम सुब्बा, सेलिना सुब्बा, उदिप्ती लिबाङ, नियोहाङ् लिबाङ्, लासाङ सुब्बा, दिलना थेवेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मोडल सोनिया यक्युक लिम्बु, गायिका शशिकला मोक्तान, गायक रेमोस अधिकारीलगायतले नृत्य एवं गायन प्रस्तुत गरेका थिए ।

कियाचु अमेरिकाका महासचिव धन योङहाङ र सदस्य एलिसा थेबेले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष विवश माङ्मुले गरेका थिए ।

संस्थाका अध्यक्ष दिपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार