माङसेबुङ गाउँपालिका-४ का ४१३ लाई लगत प्रविष्टिको निस्सा वितरण

  बालकृष्ण बस्‍नेत
168 Shares

माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिकाले शनिबार वडा नं. ४ मा लगत प्रविष्टि (निवेदन दर्ता तथा नापनक्सा) को निस्सा वितरण गरेको छ ।

माङसेबुङले सो वडाका ४ सय १३ जनालाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वितरण गरेको हो ।

वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा ७ जना भूमिहीन दलित, १ सय ४७ जना भूमिहिन सुकुम्बासी र २ सय ५९ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको हो ।

माङसेबुङले अन्य वडामा यसअघि निस्सा वितरण गरिसकेको छ ।

सबै वडाका २ हजार ५ सय ८८ जनालाई निस्सा वितरण गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । अब नापजाँचलगायतका अन्य प्रक्रिया सुरु हुने बताउँदै अध्यक्ष राईले माङसबुङको भूमि सम्बन्धी समस्या चाँडै सामाधान हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार