एक दशक पछि नेपाल विश्वकपमा छनोट

काठमाडौं : नेपाल आईसीसी टी–२० विश्वकप २०२४ को लागि छनोट भएको छ ।

शुक्रबार मुलपानि क्रिकेट मैदानमा भएको विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै एक दशक पछि नेपाल विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । आईसीसी टी–२० विश्वकप अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । यस्तैै नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ ।

यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै गुलशन झाले २२ रन, कप्तान रोहित कुमार पौड्यलले २१ रन र कुशल भुर्तेलले ११ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे ।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार