नाम्फुयकको सेरोफेरोमा २०१७ सालको क्रान्ति

  विरही काइँला
1.6k Shares

बिस २०१७साल पुस १ गतेलाई नेपालका प्रजातन्त्रवादीहरू कालो दिन मान्दछन । त्यहीदिन तत्कालीन राजा महेन्द्रले देशमा संकटकाल लगाएर प्रजातन्त्रलाई समाप्त पारे अनि राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन भनी जननिर्वाचित सरकार विघटन गरी राजनैतिक दलहरुमा प्रतिवन्ध लगाई निर्दलीय पंचायती व्यवस्था जन्तामाथि थोपिदिए । राजाको यस अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध भयो ।

नेपालका विभिन्न क्षेत्रबाट दार्जीलिङमा अध्ययनकालागि आएका छात्रहरुको संगठन ‘नेपाल स्टुडेन्स फेडरेशन’मा पनि यस घटनाको प्रभाव परयो । फेडरेशनका सदस्यहरू दुई समूहमा विभाजित भए । एक समूह निर्दलीय पंचायती व्यवस्थाको पक्षधर बन्यो भने अर्को समूहले पुस ४ गतेकोदिन चौकबजार दार्जीलिङमा जनसभा राखेर यसको घोर विरोध जनाए।जनसभामा छात्र नेता दिव्यविक्रम नेम्बाङ(पाँचथर) परशुराम भण्डारी (झापा) कृष्णविक्रम नेम्बाङ (पाँचथर) गंगाप्रसाद प्रधान (डुवर्स) र कालीप्रसाद शिवाकोटि (झापा)-ले नेपालमा प्रजातन्त्र अपहरण गरिएकोमा घोर प्रतिवाद जनाउँदै यसको पुनर्स्थापनाको निम्ति आन्दोलनमा उत्रिएको घोषणा गरे । निर्दलीय पंचायती व्यवस्थाको विरोधमा यो पहिलो जनसभा थियो । त्यसको लगतै काठमाण्डौबाट कविवर केदारमान व्यथित र धर्मरत्न यमी दार्जीलिङ आइपुगे । ती दुईले लेखक,कलाकार,राजनीतिक दल,छात्र संगठन वाहेक अन्य पक्षका मानिसहरुसित पनिभेटघाट गरी राजाद्वारा चालिएको उक्त कदमको समर्थन जुटाउने प्रयास गरेका थिए ।पछिबाट यी दुवै राजा महेन्द्रको पंचायती कालका जल्दाबल्दा मन्त्री बने ।

त्यसताक दार्जीलिङमा राजनीतिक गतिविधि बढेको थियो ।२००७ सालको जनक्रान्तिमा दार्जीलिङको सक्रिय सहभागितालाई ध्यानमा राखेर यसपटक अलग राख्न राजाको निरङकुशशासन अपरिहार्य ठान्ने भित्रियाहरू तयार पारियो । यस कार्यमा यहाँका कतिपय लेखक,कलाकारदेखि राजनीतिक दलका सदस्य सक्रिय थिए ।

देशमा संकटकाल लागू भएपछि सेना र प्रहरीको दमनात्मक अभियानदेखि जोगिन पूर्वी नेपालका झापा,इलाम,पाँचथर,धनकुटा,तेह्रथुम,ताप्लेजुङबाट राजनीतिक दलका नेता,कार्यकर्ताहरू पलायन भइ दार्जीलिङ आएका थिए । यसरी आउनेहरुमा केबी भटराई(इलाम) भद्रसिंह राई(इलाम) ग्यानीराम भटराई(इलाम) गणेशप्रसाद रिजाल(पाँचथर) हरिप्रसाद दाहाल(तेह्रथुम) डबलसिंह सेन लिम्बु(चौबिस) आदि थिए । कलकत्ताबाट नेपाली काङग्रेसका नेताडीके शाही र अच्यूतराज रेग्मी दार्जीलिङ आएर कार्यकर्ताहरुसँग बैठक गरे । कलकत्ताबाट नै नेपाली काङग्रेसका कार्यवाहक सभापतिसुवर्ण शम्शेर जबराले प्रजातन्त्र पुनर्वहालीको निम्ति सशत्र संघर्ष गर्न समस्त नेपाली जनतालाई आह्वान गर्दै एउटा पर्चा प्रकाशित गरे । यो पर्चा दार्जीलिङमा पनिबाडियो ।

पूर्वाञ्चलको जिल्लाहरुमा सशस्त्र क्रान्तिको लागि मुक्ति सेना गठन गर्ने काम छात्र नेता दिव्यविक्रम नेम्बाङ र कृष्णविक्रम नेम्बाङलाई जिम्मा दिइयो । यसै पृष्ठभूमिमा दिव्यविक्रम-कृष्णविक्रमसँग थुप्रै छात्रहरू स्वंसेवकको रुपमा प्रजातन्त्रको पुनर्स्थापना गराउन  आफ्नो पढाई त्यागेर नेपाल प्रवेश गरेका थिए ।

(छात्रनेता कृष्णविक्रम नेम्बाङ)

निरङकुश शासन समाप्त पार्ने संकल्प लिएर हिडेका छात्रनेता कृष्णविक्रम नेम्बाङ मानेभन्ज्याङ,गोर्खेबजार,इलाम हुँदै साखेजुङ पुगे। लालबहादुर लोक्तामको घर पाँचथर जाने मूलबाटोमा नै पर्दथ्यो । त्यही उनका साइँला बडाबाबु खडगबहादुर नेम्बाङको साइँला छोरा भुविक्रम नेम्बाङसँग भेट भयो ।भुविक्रम साखेजुङमा भूमिगत अवस्थामाबसेका थिए ।दुवैजना भुविक्रमको अस्थाइ घर नाम्फुयक फर्किए ।

त्यसपछि बिस२०१७सालमाघ२१ गतेपाँचथरको नाम्फुयक(शिलौटी) स्थित फिन्जो शेर्पाको घरमा नेपाली काङग्रेसको सभा बस्यो ।सभामा भागलिनेहरूसुब्बा प्रेमबहादुर नेम्बाङ(सारताप),काशीनाथ आचार्य(सारताप),नरपति चम्लागाँई(सारताप),नारदमुणि घिमिरे(सारताप),दधिराम घिमिरे (सारताप),जयप्रसाद अधिकारी(सारताप),टेकनाथ बाँस्तोला(सारताप),गोरीलाल बाँस्तोला(सारताप),सुब्बा जयमल नेम्बाङ(सारताप),नारद नेम्बाङ(सारताप),सर्मधोज नेम्बाङ(सारताप)’पाहाङवीर नेम्बाङ(सारताप),चन्द्रबहादुर नेम्बाङ(इम्बुङ),शिंहप्रसाद नेम्बाङ(इम्बुङ),धर्महाङ नेम्बाङ(इम्बुङ),सेवाहाङ नेम्बाङ(इम्बुङ),जसबहादुर नेम्बाङ(इम्बुङ),बमबहादुर नेम्बाङ(इम्बुङ),भक्तिशम्सेर नेम्बाङ (इम्बुङ),फिन्जो शेर्पा(शिलौटी) ,धनबहादुर सुनुवार(पात्ले),झ्याम्लेको बाबु सुनुवार(पात्ले),रुद्र सुनुवार(पात्ले),तेमसुरे सुनुवार(पात्ले),माझी सुनुवार(पात्ले),गडतौला काइँला,गडतौला कान्छा(बाघपानी),गङटङ सुनुवार(नाम्दु),टेकबहादुर सुनुवार(डाँडागाउँ नाम्दु),हस्ता तामाङ(बुर्जा गाउँ नाम्दु),हवल्दार मेजर तिलबहादुर गुरुङ(रानीटार),भिमबहादुर घोण्डे(रानीटार), डिल्लीराम गुरुङ(रानीटार),खडगशेर राई(रानीटार),हर्कबहादुर राई(जहरथुम्की),जहरमान राई(रानीटार),सुखबहादुर राई (गुरधुम),हजारसिंह राई(भालुखोप),डाकमान तामाङ(पौवा),केबी बल(पौवा),रुबहादुर तामाङ(पौवा),हवल्दार बलबहादुर तामाङ(पौवा) थिए ।सोही सभाले मुक्ति सेनाको कार्य समिति गठन गरयो, जसमा निम्न व्यक्तिहरू समावेश थिए-

कमाण्डर-           भुविक्रम नेम्बाङ (सारताप)

उप कमाण्डर-      कृष्णविक्रम नेम्बाङ (पौवा)

रासन व्यवस्थापक-सुब्बा प्रेमबहादुर नेम्बाङ (सारताप)

सदस्य-            हवल्दार मेजर तिलबहादुर गुरुङ (रानीटार)

सदस्य-            चन्द्रबहादुर नेम्बाङ (इम्बुङ)

सदस्य-            धनबहादुर गुरुङ (रानीटार)

सदस्य- फिन्जो शेर्पा(शिलौटी)

सदस्य-            काशीराम आचार्य (सारताप)

सदस्य-            दिलबहादुर शेर्पा (शिलौटी)

सदस्य-            रुद्र सुनुवार (शिलौटी)

सदस्य-            तेमसुरे सुनुवार (शिलौटी)आदि ।

नवगठित मुक्ति सेनाले नाम्फुयकलाई छापामार कारवाही गर्ने आधारक्षेत्र बनाइफागुन १७ गतेकोदिनसुकेपोखरीमा रंगनाथ दौडाहालाई फिदिम सम्म पुरयाइ इलाम फर्किरहेका सशस्त्र प्रहरीदलको हातदेखि दुईवटा थ्रीनटथ्री राइफल खोसि सशस्त्र क्रान्ति शुरू गरे।यस घटनाले त्यसक्षेत्रमा सनसनी फैलियो ।निर्दलीय पञ्चायती व्यवस्थालाई सुकेपोखरीको घटनाले मुक्ति सेनाको तर्फबाट बज्रमुक्का प्रहार भएपछि क्रान्ति दमन गर्न शाही सेना परिचालन गरियो । सुकेपोखरी काण्डमा भुविक्रम नेम्बाङ,कृष्णविक्रम नेम्बाङ,सुब्बा प्रेमबहादुर नेम्बाङ,फिन्जो शेर्पा,दिलबहादुर सुनुवार,काशीराम आचार्य आदिलाई पक्राउपुर्जी जारी भयो ।

मुक्ति सेनाले जोरसाल थाना, रविथाना माथि आक्रमण गरयो । रविथाना कब्जा गर्दा त्यहाँ जम्मा चार थान थ्रीनटथ्री राइफल,तीन थान मटिहन्टर र त्यसका गोली फेला पारेको थियो । त्यसबेला पाँचथर क्षेत्रमा सयौ मुक्ति सेना परिचालित थिए,केही योध्दाहरुको नाम यस प्रकार छन-

दिव्यविक्रम नेम्बाङ-सारताप,मछिन्द्रबहादुर केरुङ-मेमेङ,देवानदोर्जे थिङ-दोरुम्बा,धनप्रसाद लिम्बु-लुङरुपा,चन्द्रबहादुर नेम्बाङ-इम्बुङ,हर्कशोर लिम्बु-आङसाराङ,बलबहादुर तामाङ-पौवा,केबी तामाङ-पौवा,हवल्दार मेजर तिलबहादुर गुरुङ-रानीटार,दिलबहादुर लिम्बु-तमाखे,नरबहादुर राई-जहरथुम्की,डिल्लीराम राई-जहरथुम्की,बृखसेर राई-जहरथुम्की,हजारसिंह राई-जहरथुम्की,सुखबहादुर राई-जहरथुम्की,जहरमानराई-जहरथुम्की,पदमबहादुर राई-जहरथुम्की,हर्कबहादुर राई-जहरथुम्की,मनप्रसाद राई-जहरथुम्की,शेरबहादुर राई-सानोभालुखोप,खडगबहादुर राई-ठूलोभालुखोप,बमबहादुर गुरुङ-नुनथला रानीटार,चन्द्रबहादुर गुरुङ-खान्द्रुङ रानीटार,ग्यानबहादुर राई-बाँसबोटे रानीटार,दलगञ्ज राई-बाँसबोटे रानीटार, गर्जमान राई-बाँसबोटे रानीटार, सुक्रबहादुर गुरुङ-तमाखे, रामबहादुर लिम्बु-तमाखे, लक्ष्मीहाङ लिम्बु-तमाखे,मानबहादुर गुरुङ-तमाखे,सदयबहादुर राई-तमाखे,आसबहादुर फागो-वासुम,भिमबहादुर लिम्बु-फेजुङ,बाबुराम लिम्बु-फेजुङ,शेरबहादुर लिम्बु -पानीपरुवा,लालप्रसादराई-ओगेङमा,जसराम राई-प्राङबुङ,श्रीभक्त लिम्बु-प्राङबुङ,दलप्रसाद लिम्बु-लुङमादिन प्राङबुङ,भिमबहादुर लिम्बु-लुङमादिन प्राङबुङ,धनबहादुर गुरुङ-गुरुङटार मेमेङ, भुवानीप्रसाद लिम्बु-माङलेबुङमेमेङ,नरबहादुर लिम्बु-माङलेबुङ मेमेङ,धनरुप लिम्बु-माङलेबुङ मेमेङ,बर्जबहादुर लिम्बु-माङलेबुङ मेमेङ,पदमलाल लिम्बुमाङलेबुङ मेमेङ,ध्यानरुप लिम्बु-माङलेबुङ मेमेङ,मानधोज लिम्बु-माङलेबुङ मेमेङ,प्रेमराज केरुङ-मच्छेबुङ मेमेङ,धनबहादुर लिम्बु-ताङलेप्पा,जीवनप्रसाद लिम्बु-ताङलेप्पा,काला लिम्बु-मेमेङ,धनरुप राई- आङबुङ मेमेङ,देवीप्रसाद पाठक-च्याङथापु,हर्कप्रसाद पेघा-फलैचा,माधवप्रसाद पौड्याल-फलैचा,अम्बिकाप्रसाद लिम्बु-ताङलेप्पा,खड्गु लिम्बु-ताङलेप्पा,मानधोज लिम्बु-जिमाहा मेमेङ,अमृतबहादुर लिम्बु-भगटेनी उम्लाबुङ,ध्रुबहाङ नेम्बाङ-हेलाङ,हरि पापो-आङसाराङ,पाहाङवीर नेम्बाङ-सारताप,श्यामधोज नेम्बाङ-सारताप,डाकमान तामाङ-पौवा,पासाङ तामाङ-पौवा,बीरबहादुर लिम्बु-आङसाराङ,पदमबहादुर राई-चुथुक ओयाम,बलबहादुर आङदेम्बे-आङसाराङ,खडगबहादुर लिम्बु-लुङरुपा,बीरदल लिम्बु-टिम्बुरे,छत्रबहादुर लिम्बु-सेरेबुङ लुङरुपा, तेजबहादुर लिम्बु-बोधाम नाङगिन,कुबेरमान लिम्बु-गुरधुम नाङगिन,बमबहादुर राई-आगेङमा,दधिराम घिमिरे-सारताप,भरतध्वज लिम्बु-इम्बुङ,बमबहादुर लिम्बु-इम्बुङ, भक्तिशेर नेम्बाङ-इम्बुङ,लालप्रसाद लिम्बु-मेहेलबोटे,साङदोर्जे तामाङ-याङरुप ठुटे तामाङ-याङरुप,अविकेशर दाहाल-कुर्लुम्बा अमरपुर,मने घिसिङ-मेदिबुङ, अम्बे सार्की-कुर्लुम्बा, भुर्ते राई-आगेङमा,प्रेमबहादुर सुब्बा-चितोक,सोमनाथ पाठक-नामरेक च्याङथापु,धनबहादुर छेत्री-याङरो,धनबहादुर तामाङ-तिरिङगे,डबलसिंह सेन लिम्बु(एमपी)-चौबिस,लालबहादुर सेन लिम्बु-चौबिस,इटाली लिम्बु-चौबिस,जमदार चन्द्रबहादुर लिम्बु-चौबिस, तिलकसिंह राई-पाङतुवा हुलाक आदि ।

बिस २०१८ साल जेठ १४ गतेको दिन इम्बुङको चतुरे बजार भर्न भेला भएका जनसमुदायवीच निर्दलीय पञ्चायती व्यवस्थाको विरोधी तर्कहरू प्रस्तुत गर्दैगर्दा शाही सेनाको सानो जत्थाले छात्र नेता कृष्णविक्रम नेम्बाङलाई पक्रन सफल भयो ।उनीसित ध्रुवहाङ नेम्बाङ पनि पक्रापरे। दुवैलाई हतकडी लगाइ फिदिमबाट धनकुटा जेल पठाइयो । निर्दलीय पञ्चायती व्यवस्था इतरका राजनीतिक शक्तिमाथि दमन गर्न अभिभारा पाएका धनकुटाका बडाहाकीमहरू नन्दबहादुर मल्ल,बद्रीविक्रम थापा र मोहनबहादुर सिंहले पक्रा परेकाहरुलाई राजद्रोहीको संग्यादिइ आफू स्वयं र सिपाहीहरू खटाइ कुटपीट गर्नका साथसाथै अनेक प्रकारको शारीरिक एवं मानसिक यातना दिने गर्दथे ।धनकुटा जेलमा पाँचथरका कृष्णविक्रम नेम्बाङ,ध्रुवहाङ नेम्बाङ,दधिराम घिमिरे,विष्णुभक्त बाँस्तोला,जयप्रसाद केरुङ,च्याङथापुका जगतप्रसाद शिवाकोटि, माधवप्रसाद पौड्याल,फलैचाका हर्कप्रसाद लिम्बु,चौबिसका मेजरधोज लिम्बु,हस्तबहादुर लिम्बु, ताप्लेजुङका श्रीप्रसाद पराजुली,प्रेमप्रसादपराजुली,दुर्गाप्रसाद पराजुली,भगिमान गुरुङ,दिलबहादुर मगर,डम्बरसिंहगुरुङ, इन्द्रप्रसाद मादेन,हर्कप्रसाद मादेन, सिनामका बलभद्र नेपाल,डिल्लीप्रसाद प्रसाई,ठाकुरसिंह कार्कीलाई शारीरिक एवं मानसिक यातना दिइएको थियो । तिनीहरुमा श्रीप्रसाद पराजुली र जयप्रसाद केरुङले प्राण त्यागेका थिए ।

धनकुटाका तत्कालीन बडाहाकीम बद्रिविक्रम थापाले पाँचथरका केही लिम्बुहरुलाई धनकुटाबोलाइ आन्दोलनकारीहरुलाई खर्चपानी दिइ सहयोग गरेमा त्यसको परिणाम राम्रो नहुने चेताउनी दिएका थिए ।सुब्बा नरबहादुर नेम्बाङको पक्षमा महेन्द्रविक्रम नेम्बाङ,सुब्बा जहरमान थाम्सुहाङको पक्षमा गणेशबहादुर थाम्सुहाङ,लफ्टन जसबहादुर चबेगुको पक्षमा बृजहाङ चबेगु,सुबेदार मानबहादुर चबेगुको पक्षमा एकिपहाङ चबेगु,नयेन्द्रराज नेम्बाङको पक्षमा पृथ्वीबहादुर नेम्बाङ धनकुटा गौडामा उपस्थित भएका थिए ।नाम्फुयक मुक्ति सेनाको आधार इलाका भएकोले शाही सेनाले त्यस क्षेत्रमा  अपरेशन चलाउने गर्दथ्यो । यसरी अपरेशन चलाउँदा नाम्फुयकमा तेजप्रसाद राई र खडगबहादुर राई,पौवामाबलबहादुर तामाङ,जोरसालमा लालबहादुर राई,जितबहादुर घिसिङ,धनरुप थाम्सुहाङले शहादत प्राप्त गरे भने जहरथुम्कीका नरबहादुर राई,डिल्लीराम राई र हर्कप्रसाद राईलाई घरबाट पक्रेर सुकेपोखेरीको जंगलमा लगिशाही सेनाले गोली हानेका थिए ।

मुक्तिसेनाले नाम्फुयकको जंगलमा  तालिम क्याम्प खडा गरेका थिए ।यत्तिन्जेल सम्म मुक्ति सेनाले थुप्रै हातहतियार तथा सहयोगीहरु जुटाइ सकेको थियो । स्थानीय सुब्बा नरबहादुर नेम्बाङले आफूसँग भएको  १२बोरको टोटावाल २ नाले बन्दुक र त्यसका कार्तोस साथैक्रान्तिकारीहरुलाई खानपिनको व्यवस्था गरिदिएका थिए ।

भुविक्रम नेम्बाङको अगुवाइमा  मुक्ति सेनाले फिदिम र च्याङथापुको शाही सेनाको ब्यारेकमा पटक पटक आक्रमण गरेर निकै क्षति परयाइकोले शाही सेनाको जवानहरुमा संत्रासको वातावरण सृजना भएको थियो ।शाही सेनाको बारेमा गोप्य सूचना प्राप्त गरी भुविक्रम नेम्बाङ,मछिन्द्रबहादुर केरुङ,देवानदोर्जे थिङजस्ता क्रान्तिकारीहरूछापामार युद्धद्वारा फिदिम कब्जा गर्ने तयारीमा जुटेका थिए । मुक्ति सेनाको संख्या र हतियार शाहीसेनासँग तुलनीय थिएन ।तर प्रजातन्त्र प्रति समर्पित मुक्ति सेनाको मनोबल भने बलियो थियो ।शुरुमा २ वटा थ्रीनटथ्री राईफल लुटेर क्रान्ति शुरु गरेका मुक्ति सेनाले भान्सार,पुलिस चौकी, थाना लुटेर हतियारको गुणस्तर बढाउनसफल भएको थियो ।

बिस २०१९ साल कार्तिक २३ गतेकोदिन नेपाली काङग्रेसका कार्यवाहक सभापति सुवर्ण शम्शेर जबराले अल इण्डिया रेडियो मार्फत नेपालमा संचालन भइरहेकोसशस्त्र क्रान्ति स्थगित  गरिएको घोषणा गरे । यो समाचार सुनेर मुक्ति सेनाका योध्दाहरू स्तव्ध हुन पुगे ।क्रान्ति सदाको लागि बन्ध भयो । मुक्ति सेनाका योध्दाहरुले आफूसँग भएका हातहतियारहरू नाम्फुयकको तीनतले ओढारमा लुकाइ भूमिगत भए । पछि ती हातहतियारहरू शाही सेनाले फेला पारेको थियो ।

सशस्त्र क्रान्ति समाप्त भइसकेपछि पनि शाही सेनाले निहत्या जनतामाथि आक्रमण जारी राख्यो ।सेनाको बर्बरताको त्यस नाङ्गो ताण्डव नृत्यमा धेरै मानिसहरुले शहीदको मृत्युवरण गरेका थिए । धेरैलाई वेपत्ता पारिए भने हजारौं विदेसिनु वाध्य भए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुति दिन पछि नपर्ने योध्दाहरू २०१७ सालको क्रान्तिपछि अन्तत: न घरको नघाटको बन्न पुग्यो ।प्रजातन्त्रवादीहरुलाई समाप्त पार्न लागिपरेका इलाम गौडाका बडाहाकीम युध्दबहादुर विष्ट छेत्री अध्यक्ष अनि इलामइलाका अदालतका न्यायाधीश गोविन्दप्रसाद कोइराला र इलाम मालका हाकिम अयोध्याप्रसाद मास्के सदस्य रहेको इलाम ट्रिब्यूनलको इजलासले मुक्ति सेनाको योध्दाहरुमाथि राजकाज सम्बन्धी विभिन्न मुध्दाहरू चलाइ २०१९ साल १९ गते कार्तिकदेखि२०२२ साल २० गते कार्तिक सम्म एघारौ पटक फैसला सुनाउँदा मुक्ति सेनाका योध्दाहरुको अंश सर्वश्व गरिनुको साथै आर्थिक जरिवाना र ७ वर्षदेखि ४० वर्ष सम्म कैदको सजाय तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार