इलाम : इलाममा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना लागू हुने भएको छ । दसैं, तिहार, छठलगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागको हो ।
बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
सुरक्षा योजना अनुसार नेपाल प्रहरीका ५ सय २८ र सशस्त्र प्रहरीका २ सय ९७ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै दुवै प्रहरीका प्रहरी उपरीक्षक कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने, तत्काल परिचालन हुन सक्ने गरी ५० वटा क्वीक रेस्पोन्स टिम स्ट्याण्ड बाइ रहने, मोबाइल गस्ती ५ वटा, र पैदल गस्ती ४३ वटा रहने प्रजिअ पोख्रेलले जानकारी दिए ।
त्यसैगरी राजमार्गलगायत सीमा नाकाहरूमा १५ वटा भन्दा बढी चेक प्वाइन्ट सञ्चालन गरिने, राजमार्गमा ३ वटा स्कर्टिङ टोली परिचालन गरिने एवन् सुरक्षा संवेदनशील भएका १६ स्थानमा पिकेट खडा गरिने प्रजिअ पोख्रेलले बताए ।
सुरक्षा समितिले सम्पूर्ण इलामेली नागरिकलाई ढुक्क भएर चाडबाडमा सम्मिलित हुन, रमाउन, मनोरञ्जन गर्न तथा प्रेम र सद्भाव साटासाट गर्न समेत अनुरोध गरेको छ ।
आधारमा जिल्ला प्रशासन कार्यालयको समेतको मुल्याङ्कन सेवाग्राही स्वयम्ले आफ्नै मोबाइलबाट गर्न सक्ने प्रजिअ पोख्रेलले बताए ।