प्रकृतिको शाश्वत नियमअनुसार हामीले एक न एक दिन चोला फेरेर जानै पर्छ । हो, प्रकृतिको यही नियमानुसार “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” का महासचिव इन्द्र होनीत्ती कुलुङ (बूबू-दाजु) ले पनि चाँडै चोला फेर्नु भयो । उहाँले चोलो फेरेको पनि थाहै नपाई एक वर्ष बितेछ । हुनत हिजो जस्तो लाग्छ, हामीमध्ये धेरैलाई इन्द्र होनीत्ती बूबू (इन्द्र दाजु) ले यति चाँडै हामी सबैलाई सँधैका लागि छाडेर जानु होला भन्ने लागेको थिएन, कहिल्यै त्यस्तो सोचेका पनि थिएनौं । तापनि उहाँले हामी सबैलाई सँधैका लागि छाडेर गएको, चोला फेरेको त शाश्वत सत्य हो । त्यसो भए तापनि हामीमध्ये धेरैलाई यो कुरो पत्याउन अभैm पनि गाह्रो भई रहेको छ । हो, त्यस्तो केही महानुभाव ज्युहरु मध्येमा म पनि एक पर्छु । किनभने मलाई पनि कताकता लागी रहेको छ कि, इन्द्र बूबूले हामीलाई त्यसरी सँधैका लागि छाडेर जानु भएको होइन, छैन । उहाँ (इन्द्र बूबू) काम विशेषले गर्दा केही दिनका लागि अन्त कतै (काठमाण्डौ बाहिर !) जानु भएको हो । तर, वास्तविकता त्यस्तो होइन, हामीमाझ उहाँ (इन्द्र बूबू) फर्केर आउन सक्नु हुन्न, आउनु हुन्न ।
इन्द्र होनीत्ती कुलुङको जन्म इलामको कन्याम-७, भाङटारमा विसं २०१५ पुस २९ गते भएको थियो । उहाँले मानव जीवन जति समयसम्म जिऊनू भयो, एक असल मानवको रुपमा जिऊने प्रयास गर्नु भयो । विशाल धरतीमा माताको काखमा अहिलेसम्म मानवको चोला लिएर जेजति मानिसहरु जन्मे, हुर्के र चोला फेरे, ती मध्ये जोजति मानिसहरुले इमान जमानका साथ बाँचे, बाँच्ने प्रयास गरे, त्यस मध्येमा इन्द्र होनीत्ती कुलुङ पनि पर्नु हुन्छ । तर, दुःखको कुरो के भने उहाँले हामीलाई अलि चाँडै (विसं २०७९ भदौ २४ गतेका दिन) छाडेर जानु भयो, चोला फेरेर जानु भयो । हुनत उहाँले छाडेर गएको पनि के भन्नु र ? उहाँको नश्वर शरीरले विश्राम गरेको मात्रै हो । त्यसैले मलाई कताकती लाग्छ, अभैm पनि उहाँको शान्त मन र निश्चल आत्माले यतै कतै विचरण गरी रहेको छ, उहाँले हामीलाई हेरिरहनुु भएको छ, हामीलाई देखेर उहाँ मुसुक्क हाँसी रहनु भएको छ । ए…निनामजी…! भनी रहनु भएको छ । हामीले उहाँको आत्मालाई देख्न नसकेको मात्रै न हो ?! हुनत मैले यसो भनी रहँदा, यस्तो अनुभव गरेर लेखीँ रहँदा वास्तविकता के हो भने, विसं २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाण्डौ उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीको जंगलमा लगेर किराती कुलुङहरुको मूल्य-मान्यता र परम्पराअनुसार ‘सातीपूस’ (मृत्यु संस्कार गर्ने मानिस) लगाएर, विधि-विधान गरेर खाल्डो खनेर गाडी सकेका छौं, सदगद गरिसकेका छौं, यो पनि शाश्वत सत्य नै हो ।
विक्रम संवत् २०१५ पुस २९ गतेका दिन मामा (आमा) पञ्चमाया बान्तावा (कुलुङ) र पापा (बुबा) डिल्लीमान होनीत्ती कुलुङको सुपुत्रका रुपमा जन्मनु भएका इन्द्र होनीत्ती कुलुङले ६४ वर्षको उमेरमा नै मानव रुपी चोलाबाट अर्को चोला फेर्नु भयो । उहाँले औसत नेपाली बाँच्ने आयु (६८-६९ वर्ष पुरुष र ७०-७१ वर्ष महिला) भन्दा केही कम समय बाँच्नु भयो । हामीले जान्नैपर्ने र सत्य कुरो के हो भने ९९ दशमलव ९९ प्रतिशन्दा धेरै मानिसहरु जति धेरै समयसम्म बाँचे पनि केवल अनाजको किरो हुन र धरतीलाई बोझ हुनका लागि मात्रै बाँची रहेका छन् । इन्द्र होनीत्ती कुलुङको हकमा भने त्यो कुरो लागू भएन । किनभने उहाँ आपूmले मानव चोला नफेर्दा (केही दिनअघि) सम्म देश, आप्mनो समुदाय र घर-परिवारका लागि केही न केही गरिरहनु भयो । उहाँले केही न केही गर्ने क्रममा नै कुलुङ समुदायलाई तिर्नै नस्कने गरी ठूलो गुण लगाउनु भएको छ । खास गरी उहाँले कुलुङ समुदायका लागि कसैले गर्न नसकेको काम गर्नु भएको छ । कसै लगाउन नसकेको गुण लगाउनु भएको छ । कसैले दिन नसकेको योगदान दिनु भएको छ । यसो भन्दा अतिशय प्रशंशसा गरेको ठहर्ला !? त्यसैले इन्द्र बूबूका बारेमा मैले भन्नु, लेख्नु, बखान्नुभन्दा पनि कुलुङ समुदायको बसोवास रहेको क्ष्ोत्रका जनता, कुलुङ समुदायका अगुवाहरुका साथै अन्य समुदायका अगुवाहरुसँग इन्द्र बूबूकबारे वास्तविकता के हो ? भनी जो कोहीले बुभ्mन र खोज अनुसन्धान गर्न सक्नु हुन्छ ।
उहाँको प्रार्थीव शरीरलाई काठमाण्डौको गोकणर्ेश्वर नगरपालिकास्थित सुन्ताखानमा बन्दै गरेको ‘किरात कूलू गूसखोम’ उपत्यका समितिको ‘रीदूम खीम’मा लगेर उहाँलाई आप्mनै घरसरह सम्झेर हाम्रो साझा घरको पवित्र सूक्तूलू (चुला) मा सातीपूस बोलाएर विधि, विधान गरेर विदा दिएका छौं । हामीलाई आशा छ, कुलुङ समुदायको परम्पराअनुसार सबै विधि, विधानहरु गरेर उहाँको नश्वर शरीरलाई विदा दिएको हुनाले उहाँको आत्मा असाध्यै प्रशन्न भएको छ । उहाँले पोम्लालूङमा ज्यादै प्रशन्न ढंगले वास गरिरहनु भएको छ । इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म यात्रा गर्ने क्रममा ‘पोम्ला काउ’मा पानी पिउन पाउनु नै भयो होला । तिर्खा मेटिने गरी (जरुवा पानी) पानी अवश्य पनि पिउनु भयो होला । इन्द्र बूबूले इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनु भयो होला । हुनत उहाँले जिउँदो छँदै (चोला नफेर्दै) धेरै पटक महाकुलुङ क्षेत्रको यात्रा गर्नु भएको थियो । महाकुलुङ क्षेत्रका विद्यार्थी र युवाहरुलाई स्कूल-स्कूल गएर गाउँ-गाउँ गएर हामी कुलुङ समुदायको जातीय स्वपहिचानका सम्बन्धमा, हामी को हौं ? वा म को हुँ ? भन्ने आत्मनिणर्को अधिकारका सम्बन्धमा, मानवअधिकारका सम्बन्धमा, कानुनी शिक्षा र चेतनाको सम्बन्धमा, औपचारिक शिक्षा के हो, ज्ञान के हो, विवेक के हो ? भन्ने सम्बन्धमा सकेसम्म धेरैलाई पढाउने, बुझाउने, सम्झाउने, शिक्षा दिने, ज्ञान बाँड्ने, चेतना पैmलाउने काममा पनि निःस्वार्थ भावले लाग्नु भएको थियो ।
इन्द्र बूबूले इलामको कन्यामदेखि सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र, संखुवासभा जिल्लाको विभिन्न गाउँ, भोजपुर जिल्लाको प्रायः सबै कुलुङ वस्ती रहेका गाउँहरु, ताप्लेजुङ कुलुङ गाउँ हाङपाङ, तेह्रथुमको केराबारी, संगपू (पैपुङ), सिकिदेम, धनकुटा जिल्ला, खोटाङ जिल्ला, झापा जिल्लाको विभिन्न गाउँ, मोरङ जिल्लाका विभिन्न कुलुङ गाउँ-वस्तीहरु, सुनसरीको धरान, कोशीपारि, उदयपुर, कास्की आदि जिल्लामा पनि कुलुङ समदायलाई संगठित गर्न र चेतना फेलाउने क्रममा उहाँ पुग्नु भएको थियो । त्यस मध्ये सोलुखुम्बु जिल्ला र संखुवासभा जिल्लाको अधिकांश गाउँ, टोलको त नाम र ती गाउँ, टोलका मान्छेहरुको नामसम्म पनि कण्ठस्थ पार्नु भएको थियो, इन्द्र बूबूले ।
कुलुङ समुदायको सघन वस्ती भएको गाउँमा पटकपटकको वसाई र भ्रमण गराईकै क्रममा कुलुङ पिता-पूर्खाहरुसँग पटकपटक गरेको-भएको बातचित, कुराकानी, सूचना संकलन, सिकाई, कुलुङ मातृभाषा, संस्कार, संस्कृति, वेषभुषा, जनचेतना, गरगहना, चाडपर्व, रीतिथिति, परम्परागत कानुन, चालचलन आदिको गहन अध्ययनपछि उहाँले ‘किराती कुलुङ’ नामक खँदिलो र गहकिलो किताब लेखेर जानु भएको छ । जुन किताब नाफाखोर र बजारिया हल्लाखल्ला बिनै पनि दुईदुई पटक प्रकाशित भई सकेको छ ।