इलाममा जनतासँग माओवादी अभियान : उद्घाटनमा जनश्रमदान, सहिद परिवार सम्मान र पार्टी प्रवेश

  राम योङहाङ  611 पटक हेरिएको

इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरेका थिए ।

त्यसगरी देशभरका वडाहरुमा माओवादी केन्द्रले विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरेका छन् । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा साथ सुरु भएको अभियानको पहिलो दिन शनिबार नै माओवादीले जनताको मन जित्ने प्रयास गरेका छन् ।

शनिबार इलामको १० वटै पालिकाका सबै वडामा एकैसाथ अभियान सुरु भएको छ । वडामा अभियान कमाण्डर तोकेर सुरु गरिएको अभियानमा कमाण्डरले आआफ्नो वडा सम्हालेका थिए ।

माङसेबुङ गाउँपालिकामा माओवादीले अभियानको पहिलो दिन कार्यकर्ता भेटघाट र जनश्रमदान गरेको छ ।  माङसेबुङ गाउँपालिका-१ मा माओवादी वडा समितिले धार्मिक देवस्थल नावालुङ परिसरमा सरसफाई गरी वृक्षारोपण गरेको छ । माङसेबुङ गाउँपालिका-३ मा माओवादीले चतुरेस्थित जीवन ज्योति माध्यमिक विद्यालयको प्राङ्गण, चतुरे बजार, बजारको ढल र बाटो सरसफाई गरेको छ  ।

माङसेबुङ गाउँपालिका-५ मा आगलागी पीडितको घर निर्माणमा श्रमदान गरेको छ ।

माङसेबुङ गाउँपालिका-२, ४ र ६ मा माओवादीले कार्यकता भेटघाट गरी अभियान उद्घाटन गरेको  छ ।

इलामको चुलाचुली गाउँपालिकाका सबै वडfमा एकसाथ सुरु भएको छ । चुलाचुली गाउँपालिका-१, २, ३ र ४ मा कार्यकर्ता भेटघाट र  विस्तारित बैठक गरी अभियान उद्घाटन गरेको छ ।

चुलाचुली गाउँपालिका-५ मा जनश्रमदान गरी अभियान उद्घाटन भएको छ । स्थानीय बुकुवा युवा क्लब भवन प्रङ्गण सरसफाईमा जनश्रमदान गरी माओवादीले अभियान सुरु गरेको हो ।

त्यसैगरी चुलाचुली गाउँपालिका-६ मा कार्यकर्ता भेटघाट र पार्टी प्रवेश गरी अभियानको सुरु भएको छ ।

माई नरपालिकामा कार्यकर्ता, सहिद परिवार सम्मान र जनश्रमदान गरी सबै वडामा एकसाथ सुरु भएको छ ।

माई नगरपालिका-२ मा अभियान उद्घाटनसँगै जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ । माओवादीले सहिद मंगलबहादुर लिम्बू (घायल) बाबु पूर्णबहादुर लिम्बूलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेको हो ।

माई नगरपालिका-३ मा कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियानको सुरुआत भएको छ ।

माई नगरपालिका-५ मा कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियानको सुरुआत भएको छ ।

माई नगरपालिका-७ मा अभियान उद्घाटनसँगै वडा कार्यालय परिसर सरसफाई र सडक सरसफाई गरेको छ ।

माई नगरपालिका-९ मा अभियान उद्घाटनसँगै स्थानीय विद्यालय परिसर सरसफाई गरेको छ ।

त्यसैगरी अन्य वडामा समेत कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियान उद्घाटन गरेको छ ।

यसै सन्दर्भमा फाकफोकथुम गाउँपालिका बाटो निर्माण, विद्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकी सरसफाइ, प्रशिक्षण एवं पार्टी कार्यालय उद्घाटन गरी अभियानको उद्घाटन गरिएको थियो ।

अभियानको उद्घाटन फाकफोकथुम गाउँपालिका-१ मा भोजबहादुर बोहोरा कमान्डमा चुक्रुम्बादेखि वडा कार्यालयसम्म बाटो मर्मत तथा वडा कार्यालयलाइ बृक्षारोपण, फाकफोकथुम गाउँपालिका-२ मा ओम गुरुङ सौरभको कमान्डमा स्वास्थ्य चौकी सरसफाइ कार्यक्रम, फाकफोकथुम गाउँपालिका-३ मा कमान्ड के.वि. वान्तावा मालिका अधारभुत विद्यालयमा सरसफाइ, फाकफोकथुम गाउँपालिका-४ मा अरुण दर्लामीको कमान्डमा विष्णु माविमा सरसफाइ गरिएको छ ।

फाकफोकथुम गाउँपालिका-५ मा प्रकाश राइको कमान्डमा बाटो सरसफाइ तथा स्वास्थ्य चौकीमा माटो सम्याउनेमा श्रमदान, फाकफोकथुम गाउँपालिका-६ मा प्रकाश परियारको कमान्डमा वडा कार्यालय उद्घाटन, प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम र फाकफोकथुम गाउँपालिका-७ मा केदारनाथ खनालको कमान्डमा दोबानदेखि विताम्बरुङसम्म मोटर बाटो मर्मत सम्भार गरिएको थियो ।

देउमाई नगरपालिकामा कार्यकर्ता भेटघाट, प्रशिक्षण, वडा कार्यालय उद्घाटन, सहिद परिवार सम्मान र सरसफाईमा जनश्रमदान गरेको छ ।

देउमाई नगरपालिका-१ मा सहिद सुरज स्मृति पोखरी सरसफाई तथा भेटघाट, देउमाई नगरपालिका-२ मा विश्वको ठूलो लालिगुँरास परिसरमा सरसफाइ गरेर साथै अन्तरक्रिया, देउमाई नगरपालिका-४ मा सहिद समाधिस्थलमा पार्टी झन्डा गाडेर कार्यकर्ता भेटघाट, देउमाई नगरपालिका-५ मा वडा पार्टी कार्यालय उद्घाटन र कार्यकर्ता भेटघाट  भएको छ ।

त्यस्तै देउमाई नगरपालिका-७ मा वडा पार्टी कार्यालय उद्घाटन, सहिद परिवार सम्मान, प्रशिक्षण एवं भेटघाट, देउमाई नगरपालिका-८ मा भेटघाट तथा अन्तरकृया, देउमाई नगरपालिका-९ मा कार्यकर्ता भेटघाट तथा अन्तरकृया सम्पन्न भएको छ ।

 सन्दकपुर गाउँपालिका ३ मा सबै वडाको संयुक्त रुपमा अभियानको उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रशिक्षण, भेटघाट एवं अभियानको बारेमा छलफल तथा अन्तरकृया सम्पन्न भएको हो ।

इलाम नगरपालिकामा भेटाघाट, अन्तरक्रिया, सरसफाई, सम्मान र साँसकृतिक कार्यक्रम गरी उद्घाटन भएको छ ।

इलाम नगरपालिका-२ मा शहिद परिवार भेटघाट, इलाम नगरपालिका-३ मा अन्तरकृया कार्यक्रम, भेटघाट तथा अभियानको बारे छलफल, इलाम नगरपालिका-४, ५ र ६ मा अन्तरकृया तथा भेटघाट,  इलाम नगरपालिका-७ मा जिल्ला पार्टी कार्यालय सरसफाइ तथा अन्तरकृया सम्पन्न भएको छ ।

इलाम नगरपालिका-८ मा विद्यालय सरसफाइ, भेटघाट तथा अन्तरकृया, इलाम नगरपालिका-९ र १० मा भेटघाट तथा अन्तरकृया, इलाम नगरपालिका-११ मा अगुवा कृयाशिल नेतृत्वलाइ सम्मान, वडा बैठक, कार्यकर्ता भेटघाट तथा अन्तरकृया र इलाम नगरपालिका-१२ मा बृहत सांस्कृतिक कार्यक्रम सहित अभियान उद्घाटन, प्रशिक्षण, बैठक, भेटघाट तथा अन्तरकृया सम्पन्न भएको छ ।

त्यसैगरी अन्या पालिकाका विभिन्न वडाहरुमा समेत अन्तरक्रिया, जनश्रमदान, सम्मान कार्यक्रम गरी अभियानको उद्घाटन भएको छ ।

१५ मंसिरसम्म संचालन हुने तीन महिने अभियानमा पार्टीसँग सम्बन्धित र जनतासँग सम्बन्धित क्रियाकलाप संचालन हुनेछन् । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्नेछ ।

माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार