चिया विकास निगमका मजदुरले दैनिक पाँच सय पारिश्रमिक पाउने

  नयाँ बुलन्द
224 Shares

फाइल तस्वीर

इलाम : चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेत लगिने निर्णयसहित पारिश्रमिक वृद्धि गरिएको हो । चिया श्रमिकको करिब डेढ महिना लामो आन्दोलनपछि निगमले मजदुरसँग सहमति गरेको हो । निगम अन्तर्गत झापामा तीन र इलाममा चार गरी सातवटा बगान छन् ।

जसमध्ये ६ वटा बगानमा करिब चार सय स्थायी मजदुर रहेका छन् । सरकारी जग्गामा रहेका यी सात बगानमा ६५ प्रतिशत निजी क्षेत्र र ३५ प्रतिशत सरकारको स्वामित्व छ । चियाबगान क्षेत्रका मजदुरहरूले समयानुकूल पारिश्रमिक वद्धि गर्नुपर्ने, श्रम सम्झौता गरेर काममा लगाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा मजदुरलाई आबद्ध गराउनुपर्नेलगायत माग राख्दै गत असार ३१ देखि आन्दोलन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार