इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती इलाम आएका छन् ।
सोमबार इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०।०८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन किराँती इलाम आएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक इलाम आएका किराँतीले आइतबार साँझ इलामको सीमानाका पशुपतिनगरको निरीक्षण गरेका छन् । सूर्योदय नगरप्रमुख रणबहादूर राई, नगर उपप्रमुख दुर्गाकुमार बराल, नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरीका इलाम प्रमुख द्रोण विष्ट, राष्ट्रिय अनुसन्धान केन्द्र उप निर्देशक विमल घिमिरे, मन्त्रीका स्वकीय सचिव नगेन्द्र भुजेल, नेकपा माओवादी केन्द्रका इलाम अध्यक्ष बिजय राई, प्रदेश कमिटि सदस्य प्रविन तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
मन्त्री किराँतीले पशुपतिनगरमा निर्माण भएको पर्यटन सुचना केन्द्रको समेत निरीक्षण गरेका छन् ।
पशुपतिनगर नेपाल भारत सीमा क्षेत्रमा रहेको इलामको व्यपारिक केन्द्र हो । व्यापारिक केन्द्रमा पशुपतिनगर भारतको पर्यटकीय सहर दार्जिलिङ भ्रमण गर्ने पर्यटकहरुको किनमेलको बजार रहेको छ ।
त्यसअघि मन्त्री किराँतीसँग रोङ गाउँपालिकाले अन्तरक्रिया गरेको थियो ।