विराटनगर : कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण मंगलबार विराटनगर तनावग्रस्त बनेको छ ।
प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो ।
विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
त्यसक्रममा दुई दर्जन हाराहारी घाइते भएका छन् ।