माङसेबुङमा आगलागी : साढे १४ लाखको क्षति, गाउँपालिकाले दियो राहत सामग्री  

  बालकृष्ण बस्‍नेत
5.2k Shares

माङेबुङ : ईलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ पावाका हस्तवीर लिम्बूको घरमा आगलागी हुँदा  १४ लाख ४६ हजार मूल्य बराबरको धनमाल  जलेर नष्ट भएको छ ।

शनिबार बिहान ११ बजे आगलागी हुँदा ढुङ्गा, माटो, काठ र जस्तापताले बनाएको कच्ची घर जलेको हो । विद्युत सर्ट भई आगलागी हुँदा भएको हुन सक्ने ईभाङ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ‌प्रदिप गिरीले जानकारी दिए ।

यता घटनालगतै माङसेबुङ गाउँपालिकाले आगलागी पीडित लिम्बूको परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले पालिकाको विपद् व्यवस्थापन कोषबाट आपतकालीन राहतका रूपमा अत्यावश्यक खाद्यान्न सामग्रीहरु २ बोरा चामाल, दाल, तेल, मसला, भाँडावर्तन, सिरक उपलब्ध गराइएको हो ।

गाउँपालिका अध्यक्ष हेमन्त राई,२ नम्बर वडा अध्यक्ष कृष्णबहादुर बस्ने, प्रवक्ता सुसन राई, कर्मचारीहरुयुवराज दाहाल र राम दुलाललगायतको टिमले राहत उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार