फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाई, सेवाग्राहीको उत्साहजनक प्रश्‍न र सुझाव

  नयाँ बुलन्द
112 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ ।

गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गरेको हो ।

सबै वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने तयारी गरेको फाकफोकथुमले शुक्रबार गाउँकार्यपालिकाको कार्यालय आमचोकमा पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्यो ।

फाकफोकथुम गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. २ र गाउँपालिकाको विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गाउँकार्यपालिकाको कार्यालय प्राङ्गणमा भएको हो ।

फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा एक सय १० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कार्यक्रममा ११ जना सेवाग्राहीले उत्साहजनक रुपमा प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा छत्र लिम्बू, प्रेम लिम्बू, केदार पौड्याल, असार लिम्बू, गजेन्द्र लिम्बू, चन्द्रप्रकाश बोहोरा, राज राई, अमर लिम्बू, रामकृष्ण परियार, देउबहादुर राई र डम्बरकुमारी दर्लामीले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, शिक्षा शाखा प्रमुख मताबसिंह लिम्बू, सूचना प्रविधि अधिकृत नारायण थापा मगर, पंजीकरण शाखाका तोयानाथ मगरलगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाको तर्फबाट कार्यक्रमको स्वागत र गाउँपालिकाको हालसम्मको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी प्रमुख प्रशासकीय अधिकृत लिम्बूले गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३२ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले फाकफोकथुमले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

May be an image of 4 people and people standing

May be an image of 6 people, people sitting and people standing

May be an image of 3 people and people standing

May be an image of 3 people, people standing, tree and sky

May be an image of 3 people, people sitting, people standing, tree and outdoors

May be an image of 1 person, tree and outdoors

May be an image of 4 people, people sitting, people standing and outdoors

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार