स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा सूर्योदय नगरपालिका पहिलो

  राम योङहाङ
1.5k Shares

इलाम : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको जिल्लाका १० स्थानीय तहमध्ये पर्यटकीय नगरी सूर्योदय नगरपालिका पहिलो भएको छ । संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार सूर्योदय नगरपालिका पहिलो भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी नतिजा अनुसार १०० अङ्कमा ९६ दशमलव २५ अङ्क प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार सूर्योदयन गरपालिकाले स्वमूल्याङ्कन गर्दा १० वटा विषययक्षेत्रहरुको अङ्कभार जोड्दा १०० मा ९६ दशमलव २५ अङ्क पाएको हो ।

सूर्योदय नगरपालिकाले स्वमूल्याङ्कनमा सात वटा विषययक्षेत्रहरुमा १०० प्रतिशतमा १०० अङ्क नै पाएको छ । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार एवम् सहकार्य र समन्वयमा १०० प्रतिशतमा १०० अङ्क प्राप्त गरेको हो ।

यस्तै सामाजिक समावेशीकरणमा ९०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ८८ दशमलव ६४ र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ८३ दशमलव ३३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

दोश्रो स्थानमा परेको इलाम नगरपालिकाले ९३ अङ्क प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा माईजोगमाई गाउँपालिकाले ८१ दशमलव २५ अङ्क, चोथो स्थानमा चुलाचुली गाउँपालिकाले ७७ दशमलव २५ अङ्क, पाँचौ स्थानमा सन्दकपुर गाउँपालिकाले ६७ दशमलव २५ अङ्क, छैटौं स्थानमा माई नगरपालिकाले ६३ दशमलव २५ अङ्क प्राप्त गरेको छ ।

त्यस्तै सातौं स्थानमा फाकफोकथुम गाउँपालिकाले ६० दशमलव ७५ अङ्क, आठौं स्थानमा देउमाई नगरपालिकाले ६० दशमलव २५ अङ्क, नवौं स्थानमा माङसेबुङ गाउँपालिकाले ५७ दशमलव ५ अङ्क र दशौं अर्थात् अन्तिम स्थानमा रोङ गाउँपालिकाले ५२ अङ्क प्राप्त गरेको छ ।

मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्याङ्कन गराउँदै आएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशितभन्दा कम अङ्क ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अङ्क ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अङ्क ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अङ्क ल्याउनेलाई उत्कृष्ठ स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ ।

समग्र स्थानीय तहको नतिजा हेर्न यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार