पहिले नचिनेर रेडपान्डाको सिकार, अहिले संरक्षण

  दीपक बोहोरा
315 Shares

फाइल तस्वीर

पाँचथर : रेडपान्डा संरक्षण अभियन्ता दिपज्योति युव क्लबका कार्यकारि निर्देशक सुनिल बान्तवाले पहिला पहिला नचिनेर रेडपान्डा सिकार हुने गरेको बताए । पहिला सिकार गर्ने मानिसहरु, समुदायहरु अहिले आफैले संरक्षण गर्न थालेको सुनाए । केही वर्ष अघिसम्म पाँचथरका याङवरक,फालेलुङ क्षेत्रका जंगलमा भेटिने हाब्रे (रेडपान्डा) सिकारीको रोजाइमा पर्ने गरेको थियो ।

तर अहिले रेडपान्डा नेटर्वक सहयोगमा र दिपज्योति युवा क्लबको रेडपान्डा संरक्षण अभियानले गति लिए पछि पाँचथरका पहाडी क्षेत्रमा पाइने रेडपान्डाको संरक्षणमा स्थानिय समुदाय आफै लागी परेका छन् । जिल्ला फालेलुङ, याङवरक गाउँपालिकाका सामुदायिक वन तथा आसपासका क्षेत्रमा भेटिएको रेडपान्डाको संरक्षणमा समुदायमा संरक्षण सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र क्षमता विकास लगायतका कार्यक्रम गरिएको स्थानिय साझेदार संस्था दिपज्योति युवा क्लबका कार्यकारि निर्देशक वान्तवाले जानकारी दिए ।

हाब्रे संरक्षणका लागि विद्यालयका विद्यार्थीले समेत यसबारे शिक्षा दिनको लागी मेची पहाडका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका रेडपान्डा पाइने क्षेत्रका विद्यालयमा ‘संरक्षण शिक्षा कार्यक्रम’ लागु गरिएको बान्तवाले जानकारी दिए । बान्तवाका अनुसार स्थानीय पाठ्यपुस्तक बनाएर पाँचथरका १०, इलामका ८ र ताप्लेजुङका ५ विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालनमा रहेको बताए ।

प्रारम्भिक अनुसन्धानमा ताप्लेजुङमा १३४, पाँचथरमा ४३ र इलाममा ४० वटा रेडपान्डा रहेको अनुमान गरिएको छ । हेर्दा आर्कषक र लजालु स्वभावको रेडपान्डा हलुका रातो, सेतो र कालो रङमा पाइन्छन् । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपान्डा नेटवर्कले जनाएको छ ।
निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपान्डासहित वनयजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई हरुको अगुवाईमा मात्र सरक्षण हुने भएकाले रेडपान्डा संरक्षणमा स्थानियहरुलाई जागरुक गर्नु पर्ने बान्तवाले बताए ।

समुद्री सतहबाट २ हजारदेखि ४ हजार ८ सय मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ ।

-केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार