नेपाल पत्रकार महासंघ इलामको १७ औं साधारणसभाको तयारी पूरा

  नयाँ बुलन्द
105 Shares

इलाम : शनिबार हुने नेपाल पत्रकार महासंघ इलामको १७ औं साधारणसभाको तयारी पूरा भएको छ ।

इलाम नगरपालिका १० टापुबेसी (निर्माणाधीन रङ्शाला) मा हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा महासंघका अध्यक्ष विप्लव भट्टराईले बताए ।

साधारणसभामा नेपाल पत्रकार महासंघका सदस्य भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका दर्जन पूर्व पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गर्ने साधारणसभामा जिल्लाका ढेड सय पत्रकारहरु सहभागी हुनेछन् । इलाममा नेपाल पत्रकार महासंघको सदस्य संख्या एक सय ७० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार