सांगितिक कार्यक्रमले घन्कियो चिसाेपानी पञ्चमी बजार (फोटो फिचर)

माङसेबुङ इलाम : ११ गते बुधबार चिसोपानी पञ्चमी बजार सांगितक कार्यक्रमले व्यस्त भयो । लामाे समयपछि सांगितिक कार्यक्रममा झुम्न पाएका इलाम र पाँचथरका दर्शक धेरै नै उत्साहित थिए । चिसाेपानी पञ्चमी बजार इलामकाे माङसेबुङ गाउँपालिका र पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाकाे संगम हाे ।

 

माङसेुबङ २ र मिक्लाजुङ ५ काे सीमानामा पर्ने पञ्चमी बजार एक ऐतिहासिक बजार पनि हाे । स्थानीयहरुकाे जमघट हुने बजार मात्र नभएर साे बजार एक व्यापारिक केन्द्र पनि हाे । झापा दमककाे निक्कै नजिक भएर पनि साे बजार भौगोलिक बिकटताका कारण पछि परेकाे छ । तर यीनलाई जोड्ने मूख्य सडक दमक-चिसापानी (फाल्गुन्द मार्ग) दुर्त गतिमा निर्माण हुँदै गरेकाेले यहाँका नागरिक धेरै उत्साहित पनि छन् ।

 

उता राँके-रवि-भेडेटार सडले पनि आंशिक रुपमा चिसाेपानी बजारलाई छुने भएपछि यहाँकाे सम्भावना र भविश्य भने सुनाैलाे देखिन्छ । भौगोलिक बिकटताकै कारण यस क्षेत्र प्राकृतिक रुपमा विभिन्न विपत्तिहरु झेल्दै आईरहेकाे छ । गत वर्ष मात्रै यसै क्षेत्रमा अबिरल वर्षाद्का कारण पहिराेमा परि आधा दर्जन बढी मानिसले ज्यान गुमाए भने दुई स्वास्थ्यकर्मी बेपत्ता छन् । अन्य कराेडाैँकाे क्षति व्यहाेरेकाे छ ।

संयोगबस यस वर्षकाे कात्तिकमा भने यहाँका स्थानीयले सांगितिक कार्यक्रमबाट दु:ख भुल्न पाए । गत कार्तिकमा भने पहिराेले आफन्त र छिमेकी गुमाउनाले धेरै बेदनामा थिए यहाँका स्थानीय । “जब पानी पर्न थाल्छ अझै त्यहीँ झझल्काे र त्रास हुन्छ हामीलाई” एक स्थानीयले सुटुक्कै कानमा सुनाए ।

मिरमिरे सांस्कृतिक परिवार माङसेबुङ ६ काे आयोजनामा भएकाे सांगितिक कार्यक्रम जति उत्साहले आयोजना गरियो, त्याे भन्दा उत्साहपूर्ण सम्पन्न भएकाे कार्यक्रम संयोजक श‌ंकर योङहाङ लिम्बूले बताए । उनले भने “काेभिड १९ काे समयमा मात्र हाेइन यस्ताे कार्यक्रम यस क्षेत्रमा नभएकाे निक्कै वर्ष भएकाे थियो तर यसपल्ट सबैले आट्यौँ र गर्याौ पनि । धेरै खुशी छु’

कार्यक्रममा प्रमुख आकर्षणका रुपमा गएकाे “द भाेइस किड्सका फाइनलिस्ट”द्वय रुक्सना लिम्बू र नुमा राई थिइन् भने सहायक आकर्षणका रुपमा चर्चित बाल गायक मनिस लिम्बू र साथमा गायक सुहाङ लिम्बू थिए । संयोगबस नुमाकाे घर माङेबुङ ६ र रुक्सनाकाे मिक्लाजुङ ५ मै हाे । मनिस र सुहाङकाे घर पनि मिक्लाजुङ ५ मै हाे । तर हाल यी चारै कलाकार आफ्नाे जन्मथलाे भन्दा बाहिर काठमाण्डौँ लगायतका शहरमा कर्म गरिरहेका छन् ।

रुक्सना र नुमाले ५/६ वटाका दरले आफ्नाे गायकी प्रस्तुत गरे । जब रुक्सना र नुमाले गीत प्रस्तुति राेक्न खाेजेँ साे समय वन्स माेर.. काे हुटिङ राेकिएन । अझैँ रुक्सनाले त २ वटा गीत वन्स माेर.. काे लागि गाउन बाध्य भइन् ।

यति मात्र हाेइन उनले गीत गाउँदा कार्यक्रम संयोजक शंकर योङहाङ लगायत आयोजक र दर्शक मञ्चमै नाँच्न आउन भ्याए ।

तर यीनिहरुले आफ्ना गीत मात्र गाएनन् । आफ्ना गीत भन्दा बाहेक भाेइस किड्स प्राेतियाेगिताकाे बेला प्रस्तुत गरेकाे गीत झन् गाउँनै पर्ने भयाे ।

रुक्सनाले ”मालिङगाे काटिनि लै.लै.लै” र ”याे मन त मेराे नेपाली हाे” हाे भन्ने गीत गाउँदा दर्शक सबै भन्दा धेरै उत्साहित देखिए भने नुमाले “कम्मर माथि पटुकी” र “बल्ल बल्‍ल भेट भाे आदाङबे” गीत गाएर दर्शक तताइन् ।

यता मनिस लिम्बूले पनि आफ्ना गीत भन्दा धेर अरुनै धेरै गाँए । २/४ वर्ष अघि बालगायककाे रुपमा स्थापित मनिसले आफ्नाे घाेर्ले स्वर दर्शक सामु पस्काए । उनले राजेश पायल राईकाे ”किन यति धेरै माया लाग्छ नि” लगायतका गीत सुनाएर दर्शक तताएका थिए ।

हुनत चार बाहेक स्थानीय कलाकारकाे समेत नृत्य तथा गायन प्रस्तुति बेजोड रुपमा देखियो । माङसेबुङ ६ की  पुरानाे गायिका कल्पना बानुले समेत गीत गाएर कार्यक्रमलाई थप आनन्द दिइन् ।

कार्यक्रममा अझ राेचक त के देखियाे भने ६८ वर्षका काजिमान राईले जब लोकप्रिय गीत “नमाङ्ग मसँग सहारा नमाङ्ग” भन्दै गाए दर्शकमा थप उर्जा आएको थियो । उनले प्रस्तुति थप्दै ”सल्लाझैँ आमा….” भन्ने गीत गाउँदा दर्शककाे हुटिङ चर्किएकाे थियाे । काजिमान राई आयोजक संस्था मिरमिरे सांस्कृतिक परिवारका अध्यक्ष समेत हुन् ।

कार्यक्रम आयोजनाप्रति सकरात्मक र सन्तुष्ट देखिएका प्रमुख अतिथि समेत रहेकाे माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव र आँफुले सहयाेग गर्ने धारणा राखे । संयोगबस दुई दशक अघि आयोजक संस्था मिरमिरे सांस्कृतिक परिवारकाे स्थापना गर्दादेखि  हालसम्मै आँफु सचिव समेत रहनु संयोग मात्र हाेइन साैभाग्य समेत रहेकाे वहाँले खुलाए ।

यता उपाध्यक्ष विनाेद नेम्बाङले धेरै लाइभ प्राेग्रामहरु विगतमा आफ्नाे नेतृत्वमा गरि सम्पन्न गरेकाे स्मरण गर्दै त्यस्ता कार्यक्रमहरुकाे समेत बचाउँ गर्नुपर्ने बताए ।

 

मिक्लाजुङ ५ का वडा अध्यक्ष अविसन लावतीले हाम्राे क्षेत्रमा वर्षेनी सांगितिक कार्यक्रम लगायत मेला बजारहरुलाई प्राथमितामा राखिएकाे र यसलाई निरन्तरता दिने बताए ।

 

कार्यक्रमलाई सफल बनाउन देश विदेशमा रहेकाे व्यक्ति/संस्थालाई आयोजक परिवारकाे तर्फबाट कदर प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

-000-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार