कांग्रेस बैठक, चुनावबारे छलफल

  नयाँ बुलन्द
0 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असार २७ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा बैठकमा स्थानीय तहको निर्वाचन – २०७९ को समीक्षा गरिने बताइएको छ ।

विविध विषय पनि समेटिएको छ । निर्वाचन आयोगले प्रदेश र संघको चुनावको मिति तोक्नका लागि सरकारलाई सुझाव दिइसकेको अवस्थामा उक्त चुनावका बारेमा पनि छलफल हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार