फाकफोकथुमको बजेट ५१ करोड,यस्तो छ नीति तथा कार्यक्रम - Nayabulanda.com

फाकफोकथुमको बजेट ५१ करोड,यस्तो छ नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
336 Shares

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष ज्यू,

परिषद सदस्यज्यूहरु सबैलाई ११ औं गाउँ सभामा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपालनिर्माणका विभिन्न आन्दोलनहरुमा सहादतप्राप्त गर्नुहुने सम्पूर्णशहिदहरुप्रतिभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथैशहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रतिज्ञा गर्दछु । फाकफोकथुम गाउँपालिकाको यो गरिमामय सभामा फाकफोकथुम गाउँपालिकाको आ व २०७९÷८० को निति तथा कार्यक्रम प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हुने सम्पूर्ण फाकफोकथुम वासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।

परिषद सदस्यज्यूहरु,
गाउँपालिकाको विकास र समृद्धिका लागिकानूनीदायरामा रहीनेपालको संविधानले दिएकाहकअधिकारको प्रचलन गर्न, गराउनहामी प्रतिवद्ध रहनेछौ । फाकफोकथुमगाउँपालिकाका सडक पूर्वाधारको सुधार गर्नु हाम्रो पहिलो कर्तव्य हुनआएको छ ।जनस्वास्थ्यमाप्रत्यक्षप्रभावपार्ने स्वच्छ पिउने पानीप्राप्त गर्नु नागरिकको अधिकार हो भन्ने विषयलाई सरकारको दायित्वका रुपमालिएर काम गर्ने छौ । जनतासंग प्रत्यक्षसम्वन्धभएको सरकारका रुपमास्थानीय सरकारले कार्य गर्नु पर्ने भएको हुदाँ सेवाग्राहीको छिटो छरितो ढंगले सेवाप्राप्त गर्ने अधिकारलाई सूनिश्चित गर्न सूचनातथाप्रविधिको अधिक्तमउपभोग गर्नु पर्दछ । फाकफोकथुमगाउँपालिकाकोविकास र समृद्धिका लागिभौगोलिकअवस्था, यहाँकानागरिकहरुकाआधारभूतआवश्यकताकाआधारमाभौतिकपूर्वाधारको विकास, सामाजिकविकास, आर्थिक विकास, नितिगत सुधार र सुशासनलाई आगामीआर्थिक वर्ष २०७९÷८० नितितथाकार्यक्रमकाप्राथमिकता तय गरेको छु ।
आगामिआर्थिक वर्ष २०७९÷८० को लागि प्रस्तावितनितितथाकार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न आमफाकफोकथुमवासीएवं सेवाप्रदायक सरकारी तथा गैर सरकारी कार्यालय एवं संघसंस्था, पेशाव्यावसाय, उद्योगी, व्यापारमा आवद्ध महानुभावहरुको सहयोग, सद्भाव, समन्वय र सहकार्य रहने कुरामाविश्वस्त रहेको छु ।

सदस्यज्यूहरु,
अव म फाकफोकथुमगाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को नितितथाकार्यक्रम यस सम्मानितगाउँसभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आगामीआ.व. २०७९÷८० को नितितथाकार्यक्रमतयार गर्दा निम्न उद्देश्यलाई आधार मानेको छु ।
१. पूर्वाधार विकासकाआधार तयार गर्ने ।
२. शैक्षिक गुणस्तरमा सुधार गरीनागरिकमा समाजप्रतिथपउद्धरदायित्व र जिम्मेवारीकोबोध गराउने ।
३ आन्तरिक पर्यटनका लागिनयाँगन्तव्यका रुपमापहिचान बढाउने ।
३. कृषि र पशुपालन पेशालाई व्यवसाहीकरण गर्ने ।
४. सेवाप्रवाहलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउदै सुशासनको प्रत्याभूती गराउने ।
५. भ्रष्टचारको अन्त्य गर्ने ।
फाकफोकथुमगाउँपालिकाको दीर्घकालिनविकासकालागि“कृषि, पर्यटन र पुर्वाधार, समृद्ध फाकफोकथुमको आधार” भन्ने साँेच तय गरिएको छ । यस सोँचलाई पुरा गर्न निम्नअनुसारका निति तय गरिएको छ ।

शिक्षा क्षेत्र
 सामुदायिकविद्यालयको वर्तमानअवस्थाको अध्ययन गरी आगामीदिनमाशिक्षामा गुणात्मक सुधार गर्न आवश्यकसुझावदिनकालागि विषयविज्ञ सहितको एक अध्ययन समिति गठन गरिनेछ र सो समितिको सुझावकाआधारमा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम तय गर्ने ।
 विद्यालयको भौतिक सुधारका कार्यक्रम तय गर्नप्राविधिक सहित स्थलगतअनुगमनगर्ने । आवश्यकताको आधारमाप्राथमिकता तय गरी भौतिक सुधार गर्दै जाने । विद्यालयको भौतिक संरचनानिर्माणका लागिआवश्यकतापहिचानगरि प्रदेश र संघिय सरकारसंगको समन्वयमाकाम गर्ने ।
 विद्यालयको नियमितअनुगमनगरिनेछ । विद्यालयको गुणस्तर सुधारका लागिअभिभावक र शिक्षकलाई थपजवाफदेहीबनाउदै विद्यार्थीहरुलाई अनुसाशितबनाइनेछ ।
 सामुदायिकविद्यालयमाबालशिक्षाकार्यक्रमलाई प्रभावकारी रुपमा संचालनगरिनेछ ।
 आधारभूततहकाविद्यालयहरुमामातृभाषाकक्षा संचालन गर्न आवश्यकतयारी गरिनेछ ।
 प्राविधिकशिक्षाविषयको कक्षाथप गर्न पहलगरिनेछ ।
 शिक्षा क्षेत्रको समग्र विकासकालागिगाउँशिक्षा ऐन निर्माण गरि लागू गरिनेछ ।
 संघिय तथाप्रदेश ससर्त र विषयगतअनुदानकाकार्यक्रमको प्रभावकारीताको मुल्याड्ढनगरिनेछ ।
 समग्र शिक्षाको अवस्थाझल्कने गरि वार्षिक रुपमाशिक्षाबुलेटिनप्रकाशनगरिनेछ ।
 बालबालिकाहरुको विद्यालय छोड्ने दर घटाउन आकर्षक कार्यक्रमतयार गरि लागु गरिनेछ ।
 निजी क्षेत्रमा संचालित शिक्षण संस्थाहरुको अभिलेखिकरण गरी आवश्यक सहयोग गरिनेछ ।
 विद्यालयमाअतिरिक्तक्रियाकलापकाकार्यक्रम संचालनगरिनेछ ।

स्वास्थ्य क्षेत्र :
 स्वास्थ्य सेवाको गुणस्तर र पँहुचअभिवृद्धि गर्न गाउँ स्वास्थ्यनिर्देशिकातयार गरिनेछ ।
 स्वास्थ्यविमाकार्यक्रमलाई नागरिकको पहँुचसम्मपु¥याइनेछ ।
 स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन स्वास्थ्य संस्थाको क्षेत्र विस्तार गरिनेछ ।
 आर्थिक रुपमाविपन्ननागरिकहरुको स्वास्थ्यमापँहुचअभिवृद्धि गर्न विशेषज्ञ सेवाप्रदायक अस्पतालहरुसंगको समन्वयमाविभिन्नप्रकारका स्वास्थ्यशिविर कार्यक्रम संचालनगरिनेछ ।
 आयुर्वेद उपचार पद्धतिलाई प्रवर्दन गरि जनस्वास्थ्य सेवालाई अभिवृद्धि गरिनेछ ।
 योग विधिमार्फत दिर्घरोगको न्यूनिकरण गर्न सवै वडामा योग शिविर संचालनगरिनेछ ।
पूर्वाधार विकास
 गाउँपालिका केन्द्रवाट सवै वडा कार्यालयसम्मजाने कम्तिमाएक÷एक वटा वाटो वाह्रै महिना गाडी संचालनहुने गरी स्तर बृद्धि गरिनेछ । साथै प्रत्येक वडाका एक÷एक वटा ठाडो वाटोलाई वाह्रै महिना गाडी संचालनहुने गरी स्तर बृद्धि गरिनेछ ।
 प्रदेश र संघका विषयगतकार्यालय मार्फत संचालनहुने योजनाहरुलाई गाउँपालिको योजनाअनुरुप संचालन गर्न आवश्यक समन्वय गरीकाम अगाडी बढाइने छ ।
 प्रत्येक वडामा कम्तिमा एउटा सामुदायिकभवननिर्माण गर्ने नितिअनुरुपकाम अगाडी बढाइनेछ ।
 गाउँपालिका केन्द्र रहेको आमचोक बजारलाई व्यावस्थित बनाउनबजार क्षेत्रको सडक कालोपत्रे(पक्की) गर्नडि.पि.आर. तयार गरी प्रदेश सरकारसंग सहकार्य गरी कार्य अगाडी बढाइनेछ ।
 विद्यालयको भौतिकपूर्वधार (विद्यालयभवन, शौचालय) निर्माणका लागिआवश्यकतापहिचानगरि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरी कार्य अगाडी बढाइनेछ ।
 एउटै सुविधा सम्पन्न भवनवाट गाउँपालिकाको सेवाप्रवाह गर्न आवश्यककार्य अगाडी बढाइनेछ ।
 पालिका स्तरिय १५ शैयाको अस्पताल निर्माणको कार्य थालनीगरिनेछ ।
 फाकफोकथुमगाउँपालिकाको सडक वर्गिकरण गरी केन्द्र, प्रदेश, पालिका र वडाका योजनामा समावेश गर्ने नितिलिइनेछ ।

कृषि तथा पशुपालन
 फाकफोकथुमगाउँपालिकाको आर्थिक उन्नतीको मेरुदण्ड कृषि र पशुपालनव्यवसायभएकोले यसको व्यवसायिकरणको योजनानिर्माण गरी किसानहरुलाई प्रोत्साहनहुने प्रकारका कार्यक्रम अगाडी बढाइनेछ ।
 कफी, एवोकार्डो, चिया, किविर खुर्सानीखेतीको व्यावसायी खेतीलाई प्रोत्साहनगर्दै, यीफलफूलमाआधारित उद्योग स्थापना गर्न आवश्यकवातावरण तयार गरिनेछ ।
 कृषिउत्पादनको बजारीकरण गर्न झापा, मोरङ्ग, सुनसरी काठमाण्डौका स्थानीय सरकारसंग समन्वय गरी कृषिउपजनिकासीमा सहजताल्याइनेछ ।
 कृषिमा बढ्दो रासायनिकमलको प्रयोगलाई निरुत्साहितगर्दै प्राङ्गारिक मलउत्पादन र प्रयोग गर्ने कार्यक्रम तय गरिनेछ ।
 पशुपालन व्यवसायवाट उत्पादितउपजमाफाकफोकथुमको पहिचान राख्नआवश्यकअध्ययनगरिनेछ ।
उद्योग वाणिज्य र सहकारी
 कृषिजन्यकच्चापदार्थमाआधारित उद्योग खोल्न निजिक्षेत्रलाई आकर्षित गर्ने कार्यक्रमतयार गरी आवश्यक सहयोग गरिनेछ ।
 निति क्षेत्रकालगानीकर्ताको लगानी सुरक्षाको कार्यक्रमतयार गरिनेछ ।
 सहकारी संस्थाहरुमा रहेको पूँजीलगानी गरी रोजगारी र उत्पादन बढाउन सहकारी संस्थाहरुसंग समन्वय गरी कार्यक्रमतयार गरिनेछ ।
 एक घर एक सहकारी सदस्यभन्ने नारालाई कार्यान्वयनमाल्याइनेछ ।
 सहकारी संस्थाहरुलाई उद्देश्यमाआधारित कार्यक्रम गर्ने प्रोत्साहनगरिनेछ । साथै पारदर्शि बनाईनेछ ।
 गाउँपालिकाभित्र संचालितव्यावसायहरुलाई प्रोत्साहन गर्न अनिवार्य दर्ता प्रक्रिया अगाडी बढाइनेछ ।

सामाजिक सुरक्षा
 सवै प्रकारका धर्म, संस्कृतिको समानविकासकालागिकार्यक्रम तय गरिनेछ ।
 महामारीजन्य र प्रकोपजन्य रोगवाट बच्न सचेतनालगायतआवश्यककार्यक्रमतयार गरिनेछ ।
 सामाजिक क्षेत्रमाक्रियाशिल संघ संस्थाहरुलाई प्रोत्साहनगरिनेछ ।
 एक घर एक धाराअभियान संचालनगरिनेछ ।
 धर्म, संस्कृति, संस्कार संरक्षणको कार्यक्रमतयार गरिनेछ ।
 जेष्ठ नागरिकको ज्ञान सिपलाई युवापुष्ताको जोशमा हस्तान्तरण गर्न जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने कार्यक्रमतयार गरिनेछ ।
 अपाङ्गताभएकाव्याक्तिहरुलाई सहायक सामग्रीवितरण कार्यक्रम र रोजगारीकाकार्यक्रमतयारहुने कार्यक्रमतयारगरिनेछ ।
 सामाजिक सुरक्षाभत्ताको दायरा फराकिलो बनाउनअध्ययनगरिनेछ ।
 विपन्न घरधुरी सर्वेक्षणका आधारमाअतिविपन्नवर्गको जिवनस्तर उकास्नगा.पा.वाट संचालित योजनाकाकार्यक्रमवाट रोजगारीको व्यवस्थागरिनेछ ।
 सामाजिकन्याय स्थापित गर्न न्यायिक समितिको कार्यलाई छिटो छरितो र जनमुखीबनाईनेछ ।
 मेलमिलाप समिति गठन गरी मेलमिलापका माध्यमवाट सामाजिकन्याय स्थापित गर्ने कार्य अगाडी बढाइनेछ ।
 लैङ्गिक हिंसा, घरेलु हिंसा विरुद्ध विभिन्न चेतनामुलककार्यक्रम संचालनगरिनेछ ।
वन, वातावरण तथाविपतव्यवस्थापन
 विपतवाट बच्न सचेतनाकाकार्यक्रम संचालनगरिनेछ ।
 विपतव्यवस्थापन कोष स्थापना गरी आवश्यककार्यक्रमतयार गरिनेछ ।
 सरकारी जग्गामा बृक्षरोपण गर्ने, सरकारी वनजंगलको संरक्षण गर्ने कार्यक्रम तय गरिनेछ ।
 सिसा र प्लाष्टिक जन्यफोहोर व्यावस्थापनकालागि डम्पिङ्ग साइट निर्माण गर्न प्रारम्भिकअध्ययन शुरु गरिनेछ ।
 दहत्तर बहत्तदर व्यावस्थापनको नितिअवलम्वनगरिनेछ ।
युवा र खेलकुद
 एक वडा एक सामुदायिक खेल मैदाननिर्माणको अवस्थाअध्ययन गरी खेल मैदाननभएका वडामा जग्गाव्यवस्थापन र खेलमैदानभएका वडामा खेलमैदान स्तरबृद्धिका लागिअध्ययनगरिनेछ ।
 गाउँपालिकामा सुविधा सम्पन्न कवडहल निर्माणका लागिकार्य अगाडी बढाईनेछ ।
 पालिका स्तरमाविभिन्न खेलकुदकाकार्यक्रमआयोजनागरिनेछ ।
साहित्य
 पालिका स्तरीय प्रतिभाखोज कार्यक्रम संचालन गरीनेछ ।
पर्यटन
 ज्ञानदिलदासको जन्म स्थानको प्रचारप्रसार हुने प्रकारका कार्यक्रमतयार गरिनेछ ।
 पर्यटन प्रवर्धन कार्यक्रम संचालनगरिनेछ ।
 पर्यटकिय क्षेत्रको पहिचान गरी भौतिक संंरचनानिर्माणका कार्यक्रम शुरु गरिनेछ ।
 जलाधार, पानीश्रोत र सिमसार क्षेत्रको संरक्षणका कार्यक्रमतयार गरिनेछ ।
विद्युतिकरण
 उज्यालो फाकफोकथुमकार्यक्रमअन्तरगतविद्युत राष्ट्रिय प्रसारण लाइन पु¥याउने कार्यक्रम तय गरिनेछ ।
 समुदायको लगानीमा संचालित लघु जलविद्युतआयोजनाको संरक्षणमा सहयोग गरिनेछ । साथै उक्तविद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न संघिय सरकारसंग आवश्यक समन्वयगरिनेछ ।
 गाउँपालिकाभित्रकाबजार क्षेत्रमा सडक बत्तीको व्यवस्थागरिनेछ ।
सूचनातथा संचार

 गाउँपालिकाका सवै क्षेत्रमामोवाइल नेटवर्कको समस्या समाधान गर्न नेपाल टेलिकमसंग आवश्यक समन्वयगरिनेछ ।
 गाउँपालिका केन्द्रसंग गाउँपालिकाभित्रकाअन्यकार्यालयहरु र वडा कार्यालयहरुविचको सेवाप्रवाह छिटो छरितो बनाउन केन्द्रिकृत संचार प्रणाली (इन्ट्रानेट) कार्य अगाडी बढाइनेछ ।
 इन्टरनेट सेवाप्रदायकसंग समन्वय गरी इन्टरनेटको सेवाविस्तार गरिनेछ ।
सिचाई
 पालिकाभित्र रहेका सिंचाई कुलोहरुको अवस्थाअध्ययन गरी संघ र प्रदेश सरकारसंग समन्वय गरी आवश्यककार्यक्रमतयार गरिनेछ ।

दिर्घकालिनविकास रणनिति
 गाउँपालिकाको वस्तुगत विवरण तयार गरिनेछ ।
 गाउँपालिकाको दिगो विकासकालागिआवधिक योजनातथागुरुयोजनानिर्माण गरी आगामीबर्षदेखि सोहीअनुसारका कार्यक्रमतयार गरिनेछ ।
 दिगो विकासकालक्ष्यहरुलाई स्थानीयकरण गर्दै लगिनेछ ।

संस्थागतविकास तथासेवाप्रभाव
 स्थानीयनिकायका स्थायी, अस्थायी, करार तथाज्यालादारी कर्मचारीकोउचितव्यवस्थापन गरी कर्मचारीहरुलाई जिम्मेवार बनाइनेछ ।
 सेवाप्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउदै सुशासनको प्रत्याभूती गराउने ।
 भ्रष्टचार अन्त्यकालागि सुन्य सहनसिलताको नितिअवलम्वनगरिनेछ ।
 गाउँकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमानागरिक वडापत्र व्यवस्थागरिनेछ ।
 पदाधिकारी तथाकर्मचारीहरुको क्षमताअभिवृद्धि गरिनेछ ।
 राजश्वको दायरा फराकिलो बनाउदै गाउँपालिकाको श्रोत वृद्धि गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार