देउमाई नगरपालिका : आर्थिक वर्ष २०७९/०८० को नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रम (पूर्णपाठ) - Nayabulanda.com

देउमाई नगरपालिका : आर्थिक वर्ष २०७९/०८० को नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

देउमाई नगरपालिकाको सातौँ नगर सभामा उपस्थित प्रमुख अतिथी ज्यू, नगर सभाका सदस्य ज्यूहरु, स्थानीय तहको निर्वाचन पश्चात देउमाई नगर सभाको सातौँ नगर अधिवेशनको यो संवेदनशील एवं महत्वपूर्ण क्षणमा हार्दिक स्वागत अभिवादन गर्दछु।

सभाका सदस्य ज्यूहरु,

संविधान कार्यान्वयनका महत्वपूर्ण आधारहरु निर्माण गरी राजनितिक संक्रमण कालको अन्त्य भई देश विकास र समृद्धिको सुखद प्रवेशद्वारमा प्रवेश गरी ूसमृद्ध नेपाल सुखी नेपालीू को मूल मर्म अनुसार कार्य गर्न थालनी गर्ने एउटा जिम्मेवार सदस्यको हैसियतमा तपाई हामीलाई पाउँदा अति नै ‌खुशी लागेको छ।

विभिन्न किसिमका सामन्ति निरंकुशतावादीहरुको शासन प्रणालीको अध्याँरो युगको अन्त्य गरी जनप्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराउने क्रममा जीवनको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।

नेपाली समाजको रुपान्तरणमा योगदान पुर्याउनुहुने तथा राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान सहितको लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको लागि नेतृत्व प्रदान गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्न चाहन्छु ।

गणतन्त्र स्थापना भएको १४ वर्षको अवधिमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरु सफलतापूर्वक संस्थागत गरिदै थप सुदृढ र समुन्नत बनाइने क्रममा नेपालको संविधानले परिकल्पना गरेको ३ तहको सरकार मध्ये स्थानीय सरकारको हैसियतमा हामी सबैजना यस देउमाई नगरपालिकाको विकास, समृद्धि र देउमाईवासी आम जनसमुदायको समुन्नतिमा अहोरात्र खटिने महत्वपूर्ण सदस्यको रुपमा मिति २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो अमूल्य मत दिई निर्वाचित गराउनुहुने सम्पूर्ण देउमाईवासीमा धन्यवाद ज्ञापन गर्दै हाम्रा आजसम्मका कार्यहरुको पूर्ण समीक्षा गरी आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको अमूल्य सुझाव दिनुहुने सम्पूर्ण बुद्धिजिवि, राजनीतिक दल, समाजसेवी, पत्रकार, नागरिक समाज लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु ।

सभाका सदस्य ज्यूहरु,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानद्वारा सुनिश्चित गरिएका अधिकारहरुको माध्यमबाट हालसम्म तर्जूमा गरी कार्यान्वयनमा ल्याइएका विभिन्न ऐन, नियमावली, कार्यविधि, निर्देशिका लगायतका कानुनहरुको अधिनमा रही कार्य सम्पादन गरिदै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार थप ऐन, नियमहरुको व्यवस्था गर्दै कार्य अगाडी बढाईने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

संविधान प्रदत्त अधिकारमा संघीय सरकार, १ नं। प्रदेश सरकार र देउमाई नगरपालिकाको बीचमा समन्वय, सहकार्य र सह(अस्तित्वको सिद्धान्तलाई अङ्गिकार गरी नगर भित्रका सम्पूर्ण आर्थिक, सामाजिक, तथा भौतिक विकास निर्माणका कार्यहरु हालसम्म कार्यान्वयन हुँदै आइरहेको र आगामी दिनमा पनि सोही अनुरुप सुमधुर सम्बन्ध कायम गरी थप सशक्त र दीगो रुपमा निरन्तर चलिरहने विश्वास दिलाउन चाहन्छु ।

यस नगरपालिकाले आफ्नो २०७९र०८० को वार्षिक नीति तयारी गर्ने सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकारको नीति र मार्गदर्शन अनुरुप यहाँका विभिन्न क्षेत्र, समुदाय साथै ९ वटै वडाहरुबाट प्राप्त भएका सुझाव, योजना तथा कार्यक्रमहरुलाई विभिन्न विषयगत समिति, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति लगायतका समितिहरुको बैठकको निर्णयका आधारमा यो वार्षिक नीति तथा कार्यक्रम तयार गरी नगरकार्यपालिका बैठकबाट निर्णय भई आजको यो नगरसभा समक्ष पेश गरेको छु ।यस पुनित कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु धन्यवादका पात्र हुनुहुन्छ।

सभाका सदस्य ज्यूहरु,

आर्थिक वर्ष २०७९र०८० मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शशर्त अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाड, समपुरक अनुदान र विशेष अनुदान तथा आन्तरीक आयको बजेटबाट नगरपालिका क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरु यस नीति तथा कार्यक्रमका आधारमा सञ्चालन हुनेछन्।

आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा निम्नलिखित विषय वस्तुहरुलाई आधार मानी तयार गरिएको छ

क। नेपालको संविधान,

ख। स्थानीय सरकार सञ्चालन ऐन, २०७४

ग। संघ र प्रदेश सरकारबाट प्राप्त निर्देशनहरु,

घ। दातृ निकायसँग भएका सम्झौताहरु,

ङ। वडा समितिबाट प्राप्त भएका माँगहरु तथा सुझावहरु,

च। स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जूमा दिग्दर्शन, २०७४,

छ। श्रोत साधनको उपलब्धता,

ज। सरोकारवालाहरुको सहमति,

स्थानीय तहको दोश्रो निर्वाचन पश्चात स्थानीय सरकारको प्रमुखका हैसियतले देउमाई नगरवासीहरुका तमाम माँग, चाहाना, आकांक्षा र भावनालाई सम्बोधन गर्न म नगरको एकीकृत विकासका लागि आगामी आ।व। २०७९र०८० मा अवलम्बन गरिने नीतिहरु प्रस्तुतिका लागि अनुमति चाहन्छु ।

१।शिक्षा, युवा तथा खेलकुद

v शिक्षण सिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्ने तथा समयानुकूल वैकल्पिक शिक्षण सिकाईको अवधारणालाई अवलम्वन गर्ने नीति लिइनेछ ।

v देउमाई नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकसित गर्ने लक्ष्य अनुरुप हाल भानुभक्त मा।वि।, मंगलबारेमा प्राविधिक धार अन्तर्गत सिभिल ईन्जिनियरिङ्ग, जितपुर मा।वि।,जितपुरमा पशुविज्ञान र खान्द्रुङ्ग मा।वि।,पञ्चमीमा विज्ञान संकाय सञ्चालन गरिदै आएकोमा आगामी आ।व।मा समेत साधन स्रोतको यथोचित व्यवस्थापनलाई निरन्तरता दिदै देउमाई नगरपालिकालाई प्राविधिका शिक्षाको थलोको रुपमा स्थापित गर्दै लगिने छ ।
v शिक्षाको उज्यालो किरणबाट कुनै पनि बालबालिकालाई वञ्चित हुन नदिन अनिवार्य विद्यालय भर्ना कार्यक्रम अभियानका रुपमा संचाल गरिने छ।
v देउमाई नगरभित्रमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा सत्र्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
v गरीवीका कारणले शिक्षामा पहूँच नहुने अवस्थालाई अन्त्य गर्न विद्यालयहरुमा छात्रवृति कोष कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै देउमाई नगरभित्रका सामुदायिक विद्यालयबाट एस।ई।ई। उत्तीर्ण गरी चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित प्रवेश परिक्षा उत्तिर्ण गर्ने वार्षिक एक जना देउमाई नगरका स्थाई बासिन्दाका छोराछोरीलाई डाक्टर विषय अध्ययन गर्न छात्रवृति प्रदान गरिनेछ ।
v उच्च शिक्षाको क्षेत्रमा विषेश सहयोगको कार्यक्रमलाई निरन्तरता दिइने छ।
v नगरभित्रका प्रत्येक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षण सिकाईका लागि आवश्यक पर्ने भौतिक तथा मानवीय पूर्वाधारको विकास सहित आधुनिक प्रयोगशालाको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
v नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु र मंगलबारे बहुमुखी क्याम्पसको शैक्षिक वातावरण तथा भौतिक पूर्वाधार विकास र स्तरोन्नतीका लागी आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ।
v नगर प्रमुख छात्रवृति कोषबाट ईन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने छ।
v देउमाई नगरपालिकाको आफ्नो छुट्टै पाठ्यक्रम विकास गर्ने कार्य सम्पन्न भइसकेकाले यसै आ।व।बाट लागू गरिनेछ ।
v जितपुर मा।वि।, जितपुरमा सञ्चालित नमुना विद्यालय कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउदै नगरका अन्य विद्यालयमा समेत उक्त कार्यक्रम सञ्चालनका लागि पहल गरिनेछ।
v सामुदायिक विद्यालयमा कार्यरत नगर शिक्षक, कर्मचारी तथा स।का।हरुको सेवा सुविधा नेपाल सरकारले निर्धारण गरे बमोजिम समायोजन कार्यलाई निरन्तरता दिइनेछ।
v सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिदै विद्यालयहरुमा स्यानिटरी प्याड डिष्पोजल मेशिनको समेत व्यवस्थापन गरिदै लगिनेछ।
v वैदेशिक रोजगारीबाट फर्किएका, स्वदेशमा रोजगारी गुमाएका तथा नगरभित्र रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गर्दै रोजगार प्रदान गरिने छ साथै युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना मार्फत युवा जनशक्तिलाई स्वरोजगार बनाई आय आर्जन वृद्धि गर्ने नीति अवलम्बन गरिनेछ ।
v युवालाई व्यवसायिक एवं उद्यमी बनाउन विभिन्न प्रकारका व्यवसायिक तथा सीपमूलक तालिम, सामग्री वितरण तथा व्यवसाय शुरु गर्न बीउ पूँजीको व्वस्थापन गर्ने नीति लिइनेछ।
v राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न देउमाई नगरपालिका सक्षम रहदै आएको कुरा यहाँहरुमा सर्वविदितै छ, यस अवस्थालाई थप सुदृढ बनाउन नगर खेलकुद विकास समिति गठन गरी नगर भित्र रहेका बिभिन्न खेल र खेलाडीहरुको पहिचान गरी उनीहरुको प्रतिभालाई अझ प्रष्फूटित गराउन विशेष नीति लिइने छ।
v ूस्वस्थ जीवनका लागि खेलकुदू भन्ने नारालाई साकार बनाउन नगर क्षेत्रभित्र विभिन्न स्थानमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै युवाहरुलाई खेलकुद गतिविधि तर्फ आकर्षित गर्न विभिन्न खेल विधाका नगर तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने नीति लागू गरिनेछ।

२।स्वास्थ्य
v देउमाई नगरपालिकामा निर्माणाधिन १५ शैय्याको अस्पताललाई समयमा नै सम्पन्न गरि विशेषज्ञ सहितको समायानुकुल स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नीति लिइनेछ ।
v सुरक्षित मातृत्व तथा बालपोषण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता गर्भमै रोकथाम गर्नका लागि चौमासिक गर्भ जाँचलाई अझ प्रोत्साहन गरिनेछ।
v नगरपालिकाको आफ्नै एम्बुलेन्स खरिद गरि यसै आर्थिक वर्षबाट नगरभित्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि जिल्ला अस्पतालसम्म निशुल्क पुर्याउने व्यवस्था मिलाइनेछ।
v ूस्वस्थ एवं समृद्ध देउमाईू साकार पार्न महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइएको छ।
v नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने राष्ट्रिय निःशुल्क कार्यक्रमका अत्यावश्यक औषधिहरुको स्टक आउट हुन नदिन नियमित आपूर्तिको ब्यवस्थापन गरिनेछ साथै नसर्ने तथा मानसिक रोगको औषधि व्यवस्थापनलाई निरन्तरता दिइनेछ ।
v यस नगरपालिकामा रहेको आयुर्वेद औषधालयलाई आवश्यक पूर्वाधारको ब्यवस्था गरी फिजियोथेरापी सेन्टरका रुपमा विकसित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
v नियमित ब्यायाम तथा योग शिविर संचालनलाई निरन्तरता दिइनेछ ।
v सरकारले निर्धारण गरेको विपन्न नागरिक औषधी उपचार सम्बन्धी जटिल प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई उपचारको पहूँच सम्म पुर्याउन आवश्यक यातायात सहयोगको ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
v सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
v सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क प्रदान गरिने आधारभूत स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाइनेछ।
v स्वास्थ्य बिमा कार्यक्रमलाई नगरबासी सबैको सर्वसुलभ पहूँचमा पुर्याउने नीति लिइनेछ।
v सुरक्षित मातृत्व कार्यक्रमलाई सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन बिस्तारित बर्थिङ सेन्टरमा आवश्यक अत्याधुनिक उपकरणहरु व्यवस्थापन गरिनेछ ।
v नियमित खोप कार्यक्रमलाई थप सुदृढीकरण गरिनेछ ।

३।भौतिक पूर्वाधार विकास
v नगरपालिकाले दैनिक रुपमा प्रदान गर्ने सेवा प्रवाहलाई एकिकृत बनाउने हेतूले निर्माणाधीन नगर प्रशासकीय भवनको निर्माण कार्य समयमै सम्पन्न गरि एकद्वार सेवा सञ्चालनमा ल्याइने छ।

v देउमाई नगरपालिकाको मंगलबारे क्षेत्रमा निर्माणाधीन १५ शैय्याको नगर(अस्पताल समयमै निर्माण सम्पन्न गरी विशेषज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याइनेछ।
v देउमाई नगरपालिकाका सम्पूर्ण वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन तथा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भइसकेको हुँदा, आवश्यक पर्ने थप पुर्वाधारको व्यवस्थापन गरि सेवा प्रवाहलाई चुस्त बनाइनेछ।
v पहिलो नगरसभाको नीति तथा कार्यक्रम अनुरुप नगरपालिका क्षेत्र भित्र फराकिला सडक सञ्जाललाई व्यापक रुपमा विस्तार गर्ने नीति अनुसार यस सातौँ नगरसभा सम्म आइपुग्दा लक्ष्य प्राप्ति भएको महशुस हामी सबैलाई हुन्छ। यसरी विस्तारित सडक सञ्जाललाई बाह्रै महिना चलायमान बनाउने चुनौति हामी माझ छ र यसको लागि सम्पूर्ण सडक सञ्जाललाई क्रमिक रुपमा अल वेदर ९ब्िि ध्भबतजभचभम० बनाउनको लागि कार्ययोजना बनाई लागु गरिने नीति अनुरुप आगामी आ।व। मा ३० कि।मी। कच्ची सडकलाई अल वेदर सडकको रुपमा स्तरोन्नति गरिनेछ।
v नगर कार्यपालिकाको निर्णय बमोजिम रु। ५ लाख भन्दा माथि लागत अनुमान भएका आयोजनाहरु ठेक्का विधिबाट कार्यान्वयन गर्ने नीतिलाई कडाइका साथ निरन्तरता दिइनेछ।जसले गर्दा नगरपालिकाले पूर्वाधार निर्माणमा गरेको लगानीबाट गुणात्मक लाभ प्राप्त हुने देखिन्छ।
v नगरपालिका भित्र विकसित हुने सडक संजालहहरुको दिर्घकालिन व्यवस्थापनका निम्ति नगर यातायात गुरुयोजना निर्माण कार्य आगामी आ।व।मा सम्पन्न गरि लागू गरिनेछ ।
v देउमाई नगरपालिकाको दिर्घकालिन विकासका लागि राष्ट्रिय आवधिक योजनासँग तादम्यता कायम हुने गरि मध्यकालीन खर्च कार्ययोजना तयार गरि लागु गरिनेछ।
v बजार क्षेत्रको वृहत्तर विकासका लागी वैकल्पिक मार्गको स्तर बृद्दि गर्ने कार्य अन्तिम चरणमा पुगिसकेकाले उक्त सडक क्षेत्रमा बसोवास व्यवस्थित बनाउन थप पूर्वाधारको व्यवस्था गरिने छ। साथै बजार क्षेत्रका सहरी सडकहरुको स्तरवृद्धिका लागि नमूना पिचका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।
v नयाँ सडक वनाउने कार्य अन्तिम चरणमा पुगिसकेकोले अब भै रहेका सडकको गुणस्तरीय स्तरोन्नतिको कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ।
v संघ तथा प्रदेश सरकारसँगको समन्वय(सहकार्यमा देउमाई नगरपालिकाको केन्द्र मंगलबारे र मेची राजमार्ग जोड्ने नेपालटार ( मंगलबारे सडकखण्ड स्तरोन्नतिको कार्य तत्काल थालनी गरिनेछ।
v भौगोलिक रुपमा एक भन्दा बढि वडा तथा अन्तर(पालिका जोड्ने सडकहरुलाई उच्च प्राथमिकता दिएर योजनामा समावेश गरिने छ।
v देउमाई नगरपालिकाको रणनीतिक सडक मध्येको मंगलबारे(गजुरमुखी सडक संघीय सरकारसँगको समन्वयमा स्तरोन्नतिको कार्य थालनी भइसकेको साथै देउराली(मंगलबारे, मिलडाँडा(चाचले, रक्से(मंगलबारे, पैरे भञ्ज्याङ्ग(ओझेले लगायतका रणनीतिक सडकहरुको स्तरोन्नतिका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी अघि बढिने नीति अनुरुप मिलडाँडा(चाचले सडकखण्डको स्तरोन्नतिको कार्य यसै आ।व।मा सम्पन्न गरिनेछ ।
v देउमाई नगरपालिका क्षेत्र भित्र निर्माणाधिन मंगलबारे(एकतप्पा(रवि, गाग्रेभञ्ज्याङ्ग(विर्तामोड, सुकिलुम्बा(लारुम्बा लगायतका उच्च महत्वका रणनीतिक सडकहरुको निर्माण कार्यको गतिलाई तीव्रता दिन, संघीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिनेछ ।
v नगरपालिकाका विभिन्न सडक तथा संरचनाको निर्माणको लागि वातावरण प्रभाव मुल्यांकन तथा विष्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गरि नगर आयोजना बैंकको स्थापना गरिनेछ।
v सार्वजनिक तथा निजी भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता कडाईका साथ लागू गरिनेछ। साथै विद्युतीय घरनक्शा पास प्रणाली सञ्चालनमा ल्याइने छ।
v नगरबाट संचालित आयोजनाहरुको अनुगमन तथा निरिक्षण कार्य प्रभावकारी बनाउन तयार पारिएको ूअनलाइन प्रणालीू यसै आ।व। बाट लागु गरिनेछ ।
v झोलुङ्गेपुल विस्तार योजना अन्तर्गत देउमाई १ र फाकफोकथुम जोड्ने मैदाने खोला , बाफरुङ र साखेजुङ्ग जोडने वडा नं ६ झुत्रेखोला, गुफाथुम्की दुई डाँडा जोड्ने वडा नं ३, झ्याँउ पोखरी पर्यटकीय क्षेत्र वडा नं ८, तीनजुरे पर्यटकीय क्षेत्र वडा नं ६ मा झोलुङ्गेपुल निर्माण कार्य यसै आ।व।मा सम्पन्न गरिनेछ।
v बहुबर्षिय योजनाहरुलाई प्राथमिकताका साथ संचालन गरिने छ।
v पर्यटकीय क्षेत्रहरुको प्राथमिकिकरण गरी पूर्वाधारहरु निर्माण गरिनेछ।

४।रोजगारी तथा गरिवी निवारण
v देउमाई नगरपालिका भित्र रहेका अति विपन्न परिवारको पहिचान र अवस्था विश्लेषण गरी परिचय पत्र वितरणका माध्यमवाट सरकारी तथा गैर सरकारी निकायहरुवाट प्रदान गरिने सेवा सुविधालाई एकीकृत रुपमा प्रदान गर्न आवश्यक व्यवस्था गरिनेछ ।
v वैदेशिक रोजगारीबाट फर्केका तथा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सिप र क्षमताको पहिचान गरी स्वदेश मै रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन परियोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा समाहित गर्दै कम्तिमा १०० जना बेरोजगार व्यक्तिलाई प्राविधिक सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाइनेछ।
v वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारीबाट फर्कि आएका र निजको परिवारको सामाजिक सुरक्षा तथा सहायताको लागि सुरक्षित आप्रवासन परियोजना सँग समन्वय तथा सहकार्यका लागि बजेट व्यवस्थापन गरी कार्यक्रम प्रभावकारी बनाउन आवश्यक नीति तय गरिनेछ।

v नगरक्षेत्र भित्रका श्रम सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग क्षेत्र, सीप तथा व्यवसाय प्रवर्द्धन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरी सम्बन्धित सीपलाई उजागर गरी क्षमता अभिवृद्दि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
v नगरका सम्पूर्ण रोजगारीका कार्यक्रम सञ्चालन गर्न तथा बेरोजगार व्यक्तिहरु एवं रोजगारदाताहरुको वास्तविक तथ्याङ्क राख्न, अद्यावधिक गर्न लगायतका रोजगारी सम्बन्धी सम्पूर्ण सेवा प्रदानका लागि रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन परियोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई एकीकृत रुपले सञ्चालन गर्न श्रम तथा रोजगार प्रवर्द्धन शाखाको स्थापना गरि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ।
v नगरपालिकामा सञ्चालन हुने निर्माण योजनामा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन दिने नीति लिइनेछ ।

५।खानेपानी, सिँचाई तथा सरसफाई

सभाका सदस्य ज्यूहरु,
v स्वच्छ खानेपानी स्वस्थ जीवनको पहिलो आधार हो। हाम्रो नगरपालिका भित्र निर्माणाधीन खानेपानीका आयोजनालाई नगरकै मातहतमा संचालन गरी पुर्णरुपमा स्वच्छ खानेपानीको प्रत्याभूत गराइने छ ।
v तत्कालीन खानेपानी समस्या समाधानमा नगरपालिकाले खेलेको भूमिका सबैमा अवगत नै छ र दीर्घकालीन खानेपानी समस्या समाधानका लागि तयार गरिएको विस्तृत परियोजना प्रस्तावलाई संघ, प्रदेश तथा दातृ निकायहरुसँग समन्वय गरि सञ्चालन गरिने छ।
v नगरका सम्पूर्ण कृषि योग्य जमिनलाई सिन्चित गराउने नीति अनुरुप, संघीय सरकार, प्रदेश सरकार,स्वीस सरकार र देउमाई नगरपालिकाको साझेदारीमा सञ्चालित साना सिँचाई कार्यक्रम ९क्क्ष्ए० सँगको सहकार्यमा ८ वटा आयोजना सम्पन्न भइसकेको अवगत गराउदै ५ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेको र आगामी वर्षमा थप ५ वटा आयोजनाहरु सम्पन्न गरिनेछ साथै यस कार्यक्रमलाई आ।व। २०८१र०८२ सम्म निरन्तरता दिइनेछ ।
v वर्तमान फोहोरमैला संकलन तथा व्यवस्थापन प्रणालीलाई थप सुदृढीकरण गर्दै नगर भित्रका सम्पूर्ण बजार क्षेत्रमा विस्तार गरिनेछ ।
v सम्पूर्ण बजार क्षेत्रहरुमा फोहोर संकलनका लागि ठाउँ(ठाउँमा डस्टविनको व्यवस्था गरिनेछ। साथै ूफोहोरलाई मोहरू मा परिणत गर्ने कार्यक्रमलाई प्रोत्साहन गरिनेछ।
v दीर्घकालीन रुपमा फोहोरमैला व्यवस्थापनको निमित्त व्यवस्थित ल्यान्ड फिल्ड साइट निर्माणका लागि म्एच् तथा क्ष्भ्भ् को कार्य सम्पन्न भइसकेकोले यथाशिघ्र निर्माण कार्य अघि बढाइनेछ ।

v स्वच्छ एवं स्वस्थ पर्यावरणलाई दृष्टिगत गर्दै फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य वस्तुहरुलाई क्रमिक रुपले निरुत्साहित तथा न्यूनीकरण गर्दै लगिने छ ।

६।वन, वातावरण तथा विपद् व्यवस्थापन

v जलाधार तथा खानेपानी मूहानलाई संरक्षण गर्न आवश्यक नीति अवलम्बन गरि वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने छ।
v सडक तथा संरचनाहरु निर्माण गर्दा वन तथा वातावरणको क्षति न्यूनीकरण गर्ने उपाय ९वायो ईन्जिनियरिङ्ग० अवलम्बन गरि विकास निर्माणका कार्यलाई अघि बढाइनेछ।
v नीजि वन दर्ता गर्न प्रोत्साहन गर्दै जडिबुटी खेति गर्नेलाई विशेष अनुदानको व्यवस्था गरिनेछ ।
v विपद् प्रतिकार्य योजना निर्माण गरि लागू गरिनुका साथै विपद् सम्बन्धी विषय स्थानीय पाठ्यक्रममा समावेश गर्दै लगिने छ ।

७।कृषि तथा पशु
सभाका सदस्य ज्यूहरु,
v ूदेउमाई नगरपालिकाको पहिचान प्रांगारिक खेती अभियानू लाई साकार रुप दिन कृषिलाई वाध्यता हैन रहरका रुपमा विकास गर्ने गरि व्यवसायिक कृषि प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
v ुुघर घरमा करेसावारी, भान्सा ( भान्सामा ताजा तरकारीुु अभियान मार्फत सम्पूर्ण व्यवसायिक कृषकलाई सिँचाइ सहजताका लागि पाइप वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
v उन्नत खालका पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, व्यवसायिक मत्स्यपालन, मौरीपालन, अलैची, अकबरे खोर्सानी, किवि, अदुवा, चिया, कफि लगायतका नगदेबाली व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
v कृषि तथा पशुपंक्षी सम्बन्धी तथ्यांक अद्यावधिक गरी कृषक दर्ता र कृषक परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
v आर्थिक विकासमा कृषि क्षेत्रको योगदानलाई वृद्धि गर्न कृषि क्षेत्रको विविधीकरण, व्यवसायिकरण र आधुनिकीकरण गर्दै लैजाने नीति अनुरुप यस आ।व।मा निर्माणाधीन कृषि तथा पशु बजारकेन्द्र र पशु वधशाला सञ्चालनका लागि आवश्यक व्यवस्थापन गरिनेछ।
v बाली तथा पशुपंक्षी प्रवर्द्धन कार्यक्रम मार्फत मासु तथा दुग्धजन्य उत्पादनमा देउमाई नगरपालिकालाई आत्मनिर्भर बनाइ निर्यातमूखी बनाउदै लगिनेछ ।

v बाली तथा पशु बिमा कार्यक्रमलाई उच्च प्राथमिकता साथ लागु गर्न आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।
v दुग्घ डेरी आद्युनिकिरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रम लागु गरिनेछ।
v ूहाम्रै नगरको झ्याले आलु ( अर्गानिक खानपानमा नगरवासी सिपालु ू कार्यक्रम मार्फत स्थानीय उत्पादन वृद्धि गर्न विऊ संरक्षण तथा वितरण, उत्पादित वस्तुको बजारीकरण गरी बढ्दो फास्टफूड र जंक फूडको प्रयोगमा न्यूनीकरण गरिने छ।
v कृषि र पशु पालनका क्षेत्रमा अनुकरणीय काम गर्ने कृषकलाई प्रोत्साहन स्वरुप देउमाई कृषि र पशु पुरस्कारबाट सम्मानित गरि विशेष सहुलियत प्रदान गर्ने नीति लिइनेछ ।
v कृषि सहकारिता, सामुहिक खेती र सामुहिक पशुपालन प्रणालीलाई उत्पादन वृद्धिको आधार बनाउन सहकारी दर्ता ऐन अनुसार दर्ता प्रकृया सरल बनाईनेछ ।
v संघीय सरकार र प्रदेश सरकारको समन्वय र सहकार्यमा कृषि आधुनिकीकरण र व्यवसायिकरण गर्दै राष्ट्रिय एवं स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली तथा बस्तुको व्यवसायिक उत्पादनका लागि कृषि पकेट क्षेत्रको कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै सेवा प्रवाहलाई सु(व्यवस्थित गर्न कृषि तथा पशु क्षेत्रमा विज्ञ जनशक्तिको व्यवस्थापन गरिनेछ।
v विभिन्न जातका उन्नत खाद्यान्नवाली, घाँसका विऊ वितरण तथा फलफूलका विरुवा रोपण एवं भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ।

८।पर्यटन
v नगर पर्यटन गुरुयोजना तथा पर्यापर्यटन निर्देशिका बनाई पर्यटकीय गन्तव्यहरुको संरचनागत विकास गरि प्रवर्द्धन गरिनेछ।
v पानीटार र सिद्धिथुम्का क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि तयार गरिएको म्एच् अनुरुप निर्माण कार्य यसै आ।व।मा सम्पन्न गरिनेछ ।
v कुहिभिरलाई स्काई ग्लास व्रिज र रक क्लाइम्विङ्ग सहितको साहसिक पर्यटकीय स्थलको रुपमा विकासित गर्ने कार्य यसै आर्थिक वर्षबाट शुरुवात गरिनेछ।
v देउमाई नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको प्रचार(प्रसार गर्न निजी क्षेत्रसँग समेत समन्वय गरि संरचना निर्माण गर्दै स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संचार माध्यमलाई परिचालन गर्ने नीतिलाई निरन्तरता लिइने छ।
v देउमाई नगरपालिकाले पर्यटन क्षेत्रको विकास मार्फत समृद्ध देउमाई निर्माण गर्ने नीति अनुसार पर्यटन बोर्डको स्थापना गरि देउमाई नगरपालिका भित्रका समग्र पर्यटकीय महत्वका क्षेत्रहरुको पहिचान गरि देउमाईलाई पर्यटकीय नगरीको रुपमा परिचित गराइने छ।

९।विद्युत तथा वैकल्पिक उर्जा
v देउमाई नगरपालिकाको सार्वजनिक क्षेत्रमा लागत सहभागितामा आधारित सौर्य सडक बत्ती जडान कार्यक्रम सञ्चालन गरिनेछ।
v नगरपालिकालाई काठको पोलरहित शत प्रतिशत घरधुरीमा पूर्ण क्षमताको उच्च भोल्टेज सहितको विद्युत सेवा उपलब्ध गराइनेछ।
v नगरको बजारक्षेत्रमा रहेका जोखिमयुक्त विद्युतीय तारहरुको उचित व्यवस्थापन गरि बजार क्षेत्रको सुरक्षा तथा सौन्दर्यता कायम गरिनेछ।
v धुँवामुक्त नगरको रुपमा देउमाई नगरपालिकालाई विकसित गर्न सुधारिएको चुलो, बायोग्याँस, विद्युतीय चुल्हो जडान लगायत सौर्य उर्जा तथा नविकरणीय उर्जा प्रविधि जडानलाई प्रोत्साहन गरिनेछ।
v ग्रामीण विद्यूतीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

१०।लक्षितवर्ग तथा समावेशीकरण
सभाका सदस्य ज्यूहरु,
v लक्षित वर्गका आवश्यकता अनुसार सीप विकास तालिम प्रदान गरी आयआर्जन वृद्धि गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रम संचालन गरिने छ।
v महिला प्रवर्द्धन कार्यक्रम मार्फत नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर एवं उद्यमी बनाउदै रोजगारीको विकास तथा स्थानीय श्रोत(साधन परीचालन गर्ने कार्यक्रम ल्याइने छ।
v दलित,महिला र अपाङ्गता भएका व्यक्तिलाई सचेतना तथा सीपमुलक कार्यक्रमको लागि सहयोग गरी रोजगारीको अवसर सृजना गरिने छ।
v वृद्ध आमावुवा लाई वृद्धाश्रम धकेल्ने सामाजिक कुरीतिलाई निरुत्साहित गर्नका लागि बृद्ध बुवा आमाको एक आपसका भावना, अतीतका सुख(दुख साटासाट गर्न जेष्ठ नागरिक भेटघाट चौतारीको स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्वन गरिनेछ ।
v लक्षित वर्गका भवन निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ साथै निर्माण गरिने भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाइनेछ ।

११।मानव संशाधन विकास
v नगरपालिकाद्वारा प्रदान गरिने सेवाप्रवाहलाई चुस्त दुरुस्त पार्न आवश्यक जनशक्ति व्यवस्थापनका निम्ति नगरपालिकाको कर्मचारी सांगठनिक संरचना तयार पारि यसै आ।व। बाट कार्यान्वयन गरिनेछ ।

v यस नगरपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुको तलवमान नेपाल सरकारले प्रस्तुत गरेको आ।व। २०७९र०८० को बजेट अनुरुप कायम गरिनेछ।
v नगरपालिकामा कार्यरत जनशक्तिलाई आवश्यक प्रोत्साहनको व्यवस्था गरिनुका साथै समयानुकुल आधुनिक प्रविधि तर्फ अगाडि बढाउन प्रत्येक वडा कार्यालयबाट सहभागिता हुने गरि प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई निरन्तर तालिम, अध्ययन अवलोकन तथा भ्रमणको व्यवस्था गरी सेवा प्रवाहलाई सरल, छिटो, छरितो एवं दुरुस्त बनाउन प्रविधि मैत्री नीति लिइनेछ।
v जनप्रतिनिधीहरु, न्यायिक समिति तथा मेलमिलाप समितिका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याइने छ

१२। सूचना तथा प्रविधि
सभाका सदस्य ज्यूहरु,
v सूचना प्रविधिको प्रयोग संगै देउमाई नगरपालिकाले अघि सारेको डिजिटल देउमाईको अवधारणालाई साकार रुप दिनको लागि यसै आ।व।मा सम्पन्न हुने गरि सूचना तथा प्रविधिको प्रयोग सम्बन्धी गुरुयोजना तयार गरिनेछ।
v नगरपालिकाबाट दैनिक रुपमा प्रवाह हुने सेवालाई छिटो, छरितो तथा थप पारदर्शी रुपले घरैबाट प्राप्त गर्न सक्ने गरि सूचना प्रविधिको प्रयोग गर्दै विद्युतिय भुक्तानी प्रणाली लागू गरिनेछ।
v नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा यसै आ।व।मा ईन्टरनेट सेवा विस्तार कार्यलाई सम्पन्न गरिनेछ।
v देउमाई नगरवासीहरुको विस्तृत विवरण सहितको तथ्याङ्क नियमित रुपमा अद्यावधिक हुने गरि वेभबेसमा आधारित नगर प्रोफाइल तयार पारिनेछ ।
v सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
v नगरपालिका हाताभित्र सुचना केन्द्रको स्थापना गरि नगरको सम्पूर्ण सूचना सहज रुपमा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
v सूचना प्रविधिमा आधारीत शिक्षण सिकाईलाई निरन्तरता दिईने छ साथै नगरपालिकामा नगरको आफ्नै सर्भरको स्थापना गर्ने, नगरपालिका तथा वडा कार्यालयहरुलाई इन्ट्रानेट मार्फत व्यवस्थित गर्दै दैनिक तथा प्रशासनिक कार्यहरु सञ्चालन गर्न सहज तुल्याइने छ।

१३।सामाजिक सुरक्षा एवं संरक्षण
v सामाजिक संस्कारबाट एकल रुपमा रहन बाध्य भएका एकल पुरुषहरुलाई प्रदान गरिदै आएको एकल पुरुष भत्ता तथा ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम निरन्तरता दिइने छ।
v मृत्यु दाहसँस्कार सहयोग तथा मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रदान गरिदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
v नगरमा रहेका तेस्रो लिङ्गी तथा ४५ वर्ष माथीका अविवाहित महिलालाई समेत सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
v यस नगरपालिका भित्र अन्य क्षेत्रबाट नगर भित्रको पर्यटन, कृषि र शिक्षा तर्फ आकर्शित भएर बसाइँसराई गरी आउने नागरिकलाई विशेष प्रोत्साहन गर्ने नीति लिइनेछ।

१४।राजश्व तथा बित्तीय व्यवस्था

v कोरोना महामारीले गर्दा सम्पूर्ण व्यवसायहरु धरासायी हुदै गएको वर्तमान परिवेशमा करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीति अवलम्वन गरिनेछ।
v सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई करका दायरामा ल्याइने छ भने एक आर्थिक वर्षमा सवैभन्दा वढी कर तिर्ने एकजना करदातालाई उचित सम्मान गरिने छ।
v देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन ९ढुंगा, गिटि, वालुवा तथा जलचर समेत० र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याइने छ।
v नगरको समग्र राजस्व वृद्धिका लागि राजस्व सुधार योजना निर्माण गरि लागू गरिनेछ।
v नगरपालिकाद्वारा गरिने सम्पूर्ण भुक्तानीलाई विद्युतीय भुक्तानि प्रणाली मार्फत गरिनेछ ।

१५। भू(व्यवस्थापन, सहरी विकास र आवास व्यवस्था
सभाका सदस्य ज्यूहरु,
v एकीकृत तथा व्यवस्थित वस्ति विकासलाई कार्ययोजना बनाई लागु गरिने छ।
v भु(उपयोग राष्ट्रिय विकास नीतिलाई अवलम्बन गरिने छ।
v भूमि व्यवस्थापन आयोगद्वारा संचालित कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न समन्वय र सहकार्य गर्ने नीति लिइनेछ ।
v पुराना घरको अभिलेखिकरण तथा नयाँ घर नक्शा पास अनिवार्य गरिने छ।
v नगरवासीका पुराना तथा चुहिने छाना विस्थापित गर्न लागत साझेदारिका आधारमा जस्तापाता वितरण गरिनेछ साथै १ वर्ष भित्रमा देउमाई नगरपालिकालाई फुसको छानामुक्त नगर घोषणा गरिनेछ।

१६।प्राकृतिक श्रोत व्यवस्थापन
v नगरपालिकाको स्वामित्वमा रहेका र सार्वजनिक पर्ति जग्गाहरुको खोजविन गरी तथ्याङ्क राख्ने तथा ती जग्गाहरुको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
v सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन ९ढुंगा, गिटि, वालुवा तथा जलचर समेत० र बन क्षेत्रका बन्यजन्तु एवं जडिबुटिको उपयोगमा विशेष निति बनाएर लागू गरिने छ।

१७।उद्योग, सहकारी तथा संघ(संस्था
v स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वन जन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने निति बनाइने छ साथै लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै अघि बढिनेछ।
v देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपो एम।आई।एस। प्रणालीमा अनिवार्य आवद्ध गराई व्यवस्थित गरिनेछ ।

१८।सुरक्षा
v नगरका सम्पूर्ण जनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनुका साथै ट्राफिक प्रहरीको व्यस्थापनका लागि पहल गरिनेछ।
v प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गरिने छ।
v नगरभित्रका मुख्य( मुख्य चोकहरुमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सि।सि। क्यामेरा जडान गरिनेछ ।

१९।अन्य निकाय सँगको सम्बन्ध
v देउमाई नगरपालिकाको छिमेकमा रहेका इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिका सँग सडक सञ्जाल , पर्यटन विकास, जल उपयोग र व्यापार क्षेत्रमा सहयोग तथा साझेदारीका लागि विशेष नीति अवलम्वन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ(संस्था सँग भगिनि सन्बन्ध जोड्दै अघि बढिने छ।

v कृषि ज्ञानकेन्द्र र वन कार्यालयसँगको समन्वयमा देउमाई नगरपालिका भित्र नर्सरी स्थापना गर्ने कार्य यसै आ।व।बाट अघि बढाइने छ।

उपस्थित सभाका सदस्य ज्यूहरु,
जनताका बढ्दो इच्छा, आकाङ्क्षा र आवश्यकताको तुलनामा नगरपालिकामा प्राप्त हुने स्रोत साधन अत्यन्त न्यून हुने हुँदा जनताका सबै माग एवं चाहानालाई यो वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिएको छैन। नगरपालिकाको आन्तरिक स्रोत कम भएको कारणले पनि हामीलाई थप कठिनाई उत्पन्न भएको छ। तसर्थ, उपलब्ध स्रोतबाट मात्र सम्पन्न हुन नसक्ने योजनाहरुलाई नेपाल सरकार र प्रदेश सरकार समक्ष अनुरोध गरी सत्र्चालन गर्न पहल गरिनेछ।

साथै प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आगामी दिनमा सबै क्षेत्रबाट अझ बढी सहयोग र सदभाव प्राप्त हुने आशा एवं विश्वास लिएको छु ।

अन्त्यमा, देउमाई नगरपालिकाको सातौ नगरसभा सभ्य एवं भव्य रुपमा सम्पन्न गर्न योगदान गर्नुहुने सम्पूर्ण नगरसभाका सदस्य ज्यूहरु, नगरपालिकाका राष्ट्रसेवक कर्मचारी साथीहरु एवं सबै सरोकारवाला पक्षहरु प्रति आभार व्यक्त गर्दछु ।

धन्यवाद ।

सुर्य प्रसाद पोख्रेल

सभाध्यक्ष
२०७९-०३-०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार