इलाम नगरपालिका, इलामको विश्व वातावरण दिवस मनाउने सम्बन्धी सूचना

  नयाँ बुलन्द
791 Shares

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको

मिति २०७९।२।२० को विश्व वातावरण दिवस मनाउने सम्बन्धी सूचना

यही २०७९।२।२२ गते तदनुसार जुन ५ का दिन “पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन” नाराका साथ विश्व वातावरण दिवस इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, डिभिजन वन कार्यालय, हरित शान्ति अभियान, हरितनगर महिला समूह र समुदाय प्रहरी साझेदारी कार्यक्रमको सहकार्यमा निम्न कार्यक्रम गरी मनाइने भएकोले सो कार्यक्रमहरुमा सहभागिता तथा वृक्षारोपण कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध  छ ।

निम्न :

१) मिति २०७९।२।२२ गते आइतबार बिहान ८ बजे इलाम नगरपालिका वडा नं. ८ स्थित हरित शान्ति पार्कमा वृक्षारोपण र हरित शान्ति पार्कको अवलोकन

२) मिति २०७९।२।२२ गते आइतबारका दिन खिचिएको प्रकृति र वातावरणसंग सम्बन्धित फोटो [email protected] वा [email protected] मा २०७९।२।२४ गते भित्रमा मेल गर्ने, उत्कृष्ट फोटो छनोट गरी पहिलोलाई रु २५००।०० दोस्रोलाई रु १५००।०० र तेस्रोलाई रु १०००।०० पुरस्कार प्रदान गरिने ।

३) मिति २०७९।२।२२ गते आइतबार दिन इलाम नगर क्षेत्रभित्रको सामुदायिक वन वा विद्यालयको बगैंचामा सामुदायिक वन भए उपभोक्ता समूहको पदाधिकारी र विद्यालयको बगैंचा भए विद्यालयका प्रधानाध्यापक वा विद्यालयको सूचना अधिकारी देखिने गरी विरुवा रोपेको र संरक्षण गरेको दृश्य झल्किने गरी खिचिएको कम्तीमा ३ मिनटको भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरी सो भिडियो [email protected] वा [email protected] मा मेल गर्ने, उत्कृष्ट भिडियो पठाउने विद्यार्थीको भिडियो छनोट गरी पहिलोलाई रु ३५००।०० दोस्रोलाई रु २५००।०० र तेस्रोलाई रु १५००।०० पुरस्कार प्रदान गरिने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार