यि हुन् माङसेबुङका ६ वटै वडाका नयाँ जनप्रतिनिधिहरु (नाम र पार्टीसहित )

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको अन्तिम मतपरिणाम यसअघि नै सार्वजनिक भईसकेको छ । माङसेबुङमा गाउँपालिका अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्ष जनता समाजवादी पार्टी नेपालले जित हासिल गरेको छ । त्यस्तै ६ वटा वडा रहेको माङसेबुङमा वडा नम्बर २, ४ र ६ नेकपा नेकपा (एमाले) ले, वडा नम्बर १ र ३ नेकपा (माओवादी केन्द्र) ले र वडा नम्बर ५ राष्ट्रिय जनमुक्ति पार्टीले जित हात पारेको छ ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

यि हुन नयाँ जनप्रतिनिधिहरु :

गाउँपालिका

१. अध्यक्ष : हेमन्त राई (नेकपा एमाले)

२. उपाध्यक्ष : विनोदकुमार नेम्बाङ (जनता समाजवादी पार्टी नेपाल)

वडा नं. १

१. वडा अध्यक्ष : भूपाल योङहाङ (नेकपा माओवादी केन्द्र)

२. महिला सदस्य : डिकमाया लुहागुन (नेकपा एमाले)

३. दलित महिला सदस्य : सिर्जना मगराती (माओवादी केन्द्र) :

४. सदस्य : ठगबहादुर श्रेष्ठ (नेपाली कांग्रेस)

५. मिनप्रसाद लिम्बू ‘रोचक’ (जनता समाजवादी पार्टी नेपाल)

वडा नं. २

१. वडा अध्यक्ष : कृष्णबहादुर बस्नेत (नेकपा एमाले)

२. महिला सदस्य : विष्णुमाया राना मगर (नेकपा एमाले)

३. दलित महिला सदस्य : प्रमिता धमला विश्वकर्मा (नेकपा एमाले)

४. सदस्य : मनकुमार लिम्बू (नेकपा एमाले)

५. सदस्य : मनीप्रसाद राई (नेकपा एमाले)

वडा नं. ३

१. वडा अध्यक्ष : लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र)

२. महिला सदस्य : हस्तकुमारी लिम्बू (नेकपा एमाले)

३. दलित महिला सदस्य : सुशिला शंकर (नेपाली कांग्रेस)

४. सदस्य : देउमान साम्बा (नेकपा एमाले)

५. सदस्य : सुर्यकुमार राई (नेकपा एमाले)

वडा नं. ४

१. वडा अध्यक्ष : नविन लिम्बू (नेकपा एमाले)

२. महिला सदस्य : कल्पना राई (नेकपा एमाले)

३. दलित महिला सदस्य : गोमादेवी विक (नेकपा एमाले)

४. वडा सदस्य : टेकमान लिम्बू (नेकपा एमाले)

५. वडा सदस्य : धनबहादुर राई (नेकपा एमाले)

वडा नं. ५

१. वडा अध्यक्ष : नरेन्द्र राई (राष्ट्रिय जनमुक्ति पार्टी)

२. महिला सदस्य : तीलरुपा सबेहाङ (राष्ट्रिय जनमुक्ति पार्टी)

३. दलित महिला सदस्य : गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी)

४. सदस्य : वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी)

५. सदस्य : सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी)

वडा नं. ६

१. वडा अध्यक्ष : प्रदिप साङपाङ (नेकपा एमाले)

२. महिला सदस्य : पुनम सम्बाहाम्फे (नेकपा एमाले)

३. दलिम महि ला सदस्य : धनकुमारी विश्वकर्मा (नेकपा एमाले)

४. सदस्य : खगेन्द्र खड्का (नेकपा एमाले)

५. सदस्य :दिवस राई (नेकपा एमाले)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार