इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको
मिति २०७८।११।२५ को सूचना
सूचना १
हाल इलाम नगरपालिका क्षेत्रमा झाडापखालाको बिरामी बढेको हुनाले सोको तत्काल नियन्त्रणका लागि निम्नानुसार गरी सहयोग गर्न हुन आम नगरवासीहरुमा अनुरोध छ । आप्mनो घर छेउछाउ वा टोलबस्तीमा झाडापखालाको बिरामी देखिए तत्काल उपचारको लागि नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा पठाउने कार्यमा सहयोग गर्न वडाका जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, सहकारीकर्मीहरुमा समेत अनुरोध छ । साथै झाडापखालाको बिरामी बढि देखिएको गाउँबस्तीमा क्वोरिन वितरणका लागि जनस्वास्थ्य शाखाबाट तत्काल क्लोरिन बुझी लग्न इलाम नगरका महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा अनुरोध छ ।
निम्न ः
१) आपूmले पिउनका लागि प्रयोग गर्ने पानी उमालेर वा क्लोरिन शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने ।
२) खानेकुरा खान अगाडि र शौचालय गइसकेपछि अनिवार्य रुपले साबुन पानीले हात धुने ।
३) झाडापखाला लागेका व्यक्तिहरुले तत्काल औषधोपचारका लागि नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।
सूचना २
गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमअन्तर्गत इलाम नगरपालिकाको १२ वटै वडाहरुमा तथ्याङ्क संकलनका लागि सुपरीवेक्षक र गणकहरु खटिएको हुँदा आप्mनो यथार्थ तथ्याङ्क दिई गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा सहयोग गरि दिन हुन आम नगरवासीहरुमा अनुरोध छ । साथै तथ्याङ्क संकलनका लागि खटी आउने सुपरीवेक्षक र गणकलाई आवश्यक सहयोग गरि दिन हुन वडाका जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, सहकारीकर्मीहरुमा समेत अनुरोध छ ।
सूचना ३
इलाम नगरपालिकाअन्तर्गत वडा कार्यालयहरुमा श्रमिक तथा बेरोजगारहरुको लगत अद्यावधिक गर्ने कार्य निरन्तर भइरहेको हुनाले १८ वर्षदेखि ५९ वर्षसम्मका इच्छुक बेरोजगारहरुले नागरिकता प्रमाणपत्र र आवश्यक कागजातको फोटोकपीसहित वडा कार्यालयमा सम्पर्क गरी आवेदन दर्ता गराई आप्mनो नाम वडा कार्यालयमा सूचीकृत गराउन हुन अनुरोध छ । बेरोजगार व्यक्तिहरुले भर्ने आवेदन फाराम वडा कार्यालयबाट निशुल्क प्राप्त हुनेछ । थप जानकारीको लागि यस कार्यालयअन्तर्गत रोजगार सेवा केन्द्र र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क राख्न सकिनेछ । इलाम नगरपालिका, घर निर्माण तथा मर्मत कार्य गर्ने मजदुर कल्याण कोष सञ्चालन कार्यविधि, २०७४ बमोजिमकोे राहत तथा उपचार खर्च (मृत्यु भएमा रु ५ लाख र घाइते भएमा रु ५० हजारसम्म उपचार खर्च) सुविधा र विभिन्न तालिम प्राप्तिका लागि समेत वडा कार्यालयको श्रमिक÷बेरोजगार लगतमा नाम हुनु अनिवार्य हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।