बाल हेल्पलाइन : कोभिड अस्पतालमा स्वास्थ्य सामग्री, आगलागी पीडितलाई राहत

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित कोभिड अस्पतालले ७७ हजार बढीको स्वास्थ्य एवम् बालमैत्री सामग्री पाएको छ ।

बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत मानवअधिकार मञ्च नेपाल इलामले ७७ हजार ७ सय ५ रुपैयाँ बराबरको  औषधि, स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री उपलब्ध गराएको हो ।

बालबालिका विपद् सहयोग कार्यक्रम अन्तर्गत मानव अधिकार मञ्चले मंगलबार कुम्मायक गाउँपालिकामा पुगेर बालबालिका तथा उनीहरुको परिवारका लागि  कोभिड अस्पतालमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो ।

सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराइएको बाल हेल्पलाईन प्रमुख भक्त थामीले जानकारी दिए ।

ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइनले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानीय तहमा स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गर्दै आएको छ ।

यसअघि इलाम अस्पताल, चुलाचुली गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई र रोङ गाउँपालिकालाई सामग्री उपलब्ध गराइसकेको छ । यस्तै देउमाई नगरपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा पनि चाँडै सामग्री उपलब्ध गराउने मानव अधिकार मञ्चले जनाएको छ ।

त्यस्तै पाँथचरको जिल्ला अस्पताल, मिक्लाजुङ गाउँपालिका, कुम्मायक गाउँपालिका, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिका र मैयाखोला गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिकाको स्वास्थ्य संस्थामा सामग्री उपलब्ध गराउनेछ ।

कोभिड अस्पतालमा संचालित ४ जिल्लाका १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार ?पैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने बाल हेल्पलान प्रमुख थामीले बताए ।

ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीह?लाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीको भनाई छ ।

किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८ संचालित छ ।

आगलागी पीडितलाई ८६ हजारको राहत सामग्री

यसैगरी कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोक बजारमा गत २९ माघमा भएको आगलागीका पीडित ५ परिवारका ११ जना बालबालिकालाघ ८६ हजार २ सय  रूपयाँ बराबरको राहत सामाग्री गरेको छ ।

उनीहरुलाई खाद्यान्न, स्वास्थ्य सामाग्री, स्टेशसनरी, लत्ताकपडालगायतका सामग्री उपलब्ध गराएको हो ।

कार्यक्रममा कुम्मायक गाउँपालिका  १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीको अध्यक्षता, गाउँपालिका अध्यक्ष जयकुमार चेम्जोङको प्रमुख आतिथ्यता, उपाध्यक्ष  सीता आचार्य, प्रमुख प्रशासकीय गणेश अधिकारी, स्वास्थ्य शाखा, वडाध्यक्षहरू, पालिकाका अन्य विभिन्न शाखाका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार