इलाम : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले इलाम सदरमुकाममा प्रदर्शन गरेको छ ।
एमसीसी नेपालको हितमा नभएको भन्दै आइतबार अनेरास्ववियूले प्रदर्शन गरेको हो । इलामको ठूलो टुँडिखेलबाट निस्किएको र्याली चोकबजार परिक्रमा गरी जिल्ला समन्वय समिति इलामको हलसम्म पुगेको थियो ।
‘एमसीसी मुर्दावाद’, ‘५५ अर्वमा देश बेच्न पाइदैन’ लगायतका नारा सहतिको प्ले कार्ड बोकेर प्रदर्शन गरेको थियो ।
देशव्यापी कार्यक्रमअन्तर्गत अखिलले प्ले कार्डसहित प्रदर्शन गरेको जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहालले नयाँ बुलन्दलाई जानकारी दिए ।