फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्घाटन, नगरप्रमुख अनुपस्थित

  नयाँ बुलन्द
8.4k Shares


इलाम : इलाममा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घाटन भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्धानमन्त्री खनालले इलामेलीको जहाज चड्ने सपना अब पूरा भएको बताएको भन्दै जिल्लाबासीलाई बधाई दिए । जहाजबाटै हिमश्रङ्खला र तराईका फाँटिला भूभागको दृश्यावालेकन गर्दै छोटो समयमा राजाधानी पुग्न सकिने भन्दै पूर्वप्रधानमन्त्री खनालले खुसी व्यक्त गरे ।

खनालले गृहजिल्ला इलाम पर्यटनको अथाह सम्भावना बोकेको जिल्लाका रुपमा रहेकाले विमास्थल सुचारु भएपछि त्यसको प्रत्यक्ष फाइदा इलामेलीले लिन पाउनेमा ढुक्क रहन आग्रह गरे ।

यसअघि नै विमानस्थल निर्माण सम्पन्न भएपनि अघिल्लो सरकारले चासो नदेखाउँदा संचालनमा ढिलाई भएको आरोप समेत लगाए । उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुई तिहाई मतलाई तिलाञ्जली दिएको आरोप लगाए । ‘जनताले धेरै अपेक्षा राखेर हामीलाई झण्डै दुई तिहाई मत दिएका थिए । तर त्यसलाई केपी ओलीले बचाउन सकेनन् । उनले पार्टीलाई सही बाटोमा हिडाउन सकेनन् । त्यसैले हामी अर्को बाटो रोज्न बाध्य भएका छौं ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको निमाणर् हुन बाँकी रहेको काम समेत चाँडैं सम्पन्न गर्ने आश्वासन दिए । विमानस्थल आसपासका भौतिक पूर्वाधारको काम आफ्नै कार्याकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

फरक प्रसंगमा मन्त्री आलेले आफू जति समय कुर्सीमा रहेपनि निरन्तर जनताको शीर ठाडो हुने काममा मात्र खटिने बताए । मन्त्री आलेले आफू र आफ्नो मन्त्रत्रालय राज्यको सम्पत्ति फिर्ता गर्ने काममा लागिरहेको बताए । संघीय सांसद सुजता परियार, प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू, सूर्योदयन गरपालिकाका प्रमुख रणबहादुर राईले समेत विमान संचालनले इलामको पर्यटन विकासमा विशेष योगदान गर्ने धारण राखेका राखेका थिए ।

कार्यक्रममा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री आलेले प्रदेश पर्यटन तथा संस्कृति मन्त्री लङ्वालाई नेपाल वायुसेवा निगमको नयाँ प्रविधिको विमानको नमुना समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका लागि नेपाल वायुसेवा निगमको जहाज चडेर पूर्वप्रधानमन्त्री खनाल र मन्त्री आलेसहित नागरिक उड्यान प्राधिकारको टोली आइतबार विहान इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थल अवतरण गरेको थियो ।

लामो समयको प्रतिक्षापछि गृहजिल्ला इलामबाटै हवाईजहाज चढेर १ घटामै संघीय राजधानी पुग्न सकिने भएपछि जिल्लाबासी खुसी भएका छन् ।

पटक पटक गरी करिब ३० करोडको लगानीमा निर्मित विमानस्थलमा भएको २६ माघमा नेपाल वायुसेवा निगमको जहाजले सफल परिक्षण उडान गरेको थियो । त्यसअघि कच्ची धावनमार्गमा २०७५ जेठमा तारा एयरको बिमानले पहिलो पटक सफल परिक्षण गरेको थियो ।

७ सय मिटर लम्बाई र ६० मिटर चौडाई रहेको विमानस्थल समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको छ । विमानस्थलको शिलान्यास २०६८ सालमा तत्कालिन प्रधानमन्त्री खनाले नै गरेका थिए ।

२०५८ बाट नै विमानस्थल निर्माणको प्रक्रिया सुरु भएपनि निर्माणकार्य सुरु गर्न एक दशक पर्खनुपरेको थियो । त्यस्तै निर्माण सुरु भएको एक दशकपछि मात्र विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको थियो । विमानस्थलमा अझै टर्मिनल भवन, विमानस्थलसम्म पुग्ने पक्की सडक, तारघेरा र सुरक्षाका लागि बस्ने सुरक्षा गार्ड भवन निर्माण हुन बाँकी रहेको फाल्गुनन्द सुकिलुम्बा आयोजनाका प्रमुख विनायक भट्टराईले जानकारी दिए ।

इलाम नगरप्रमुख उपस्थित भएनन्

इलाम नगरपालिकाभित्र विमानस्थल निर्माण भएपनि त्यो क्षेत्रका नेकपा एमालेबाट निर्वाचित कोही पनि जनप्रतिनिधि कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा नेकपा एमाले इलाम अध्यक्ष समेत रहेका इलाम नगरप्रमुख महेश बस्नेतलाई वक्ताको रुपमा राखिएको थियो, तर उनी उपस्थित भएनन् । नगरप्रमुख बस्नेत मात्र होइन, एमालेबाट निर्वाचित इलाम नगरपालिकाका अन्य जनप्रतिनिध समेत उपस्थित थएनन् । नगरप्रमुखले भने कार्यव्यस्थताका कारण उपस्थित हुन नसक्ने आयोजकलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार