फोनिज प्रदेश १ को महाधिवेशन आज सुरु हुँदै, मन्त्री आङबोले उद्घाटन गर्ने

  नयाँ बुलन्द  248 पटक हेरिएको

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन मंगलबार सुरु हँदैछ ।

मोरङको पथरीमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको महाधिवेशन आयोजक समितिका अध्यक्ष अर्जुन जम्नेलीले जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो (मौसम) ले  विहान ११ बजे गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा फोनिजका संघीय कार्यसमिति अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिव मिलन लिम्बू, कमन देवान, प्रदेश इन्चार्ज दिपीन राईलगातय महाधिवेशनस्थल आइसकेका छन् ।

महाधिवेशनका लागि अधिकांश जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक आइसकेको र केही जिल्लाबाट मंगलबार विहान उपस्थित हुने महासचिव विदुर खवासले जानकारी दिए । महाधिवेशनमा १४ जिल्लाबाट १ सय बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने आयोजकले जनाएको छ ।

‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराकासाथ बुधबारसम्म संचालन हुने महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ ।

जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

महाधिवेशनमा अग्रज पत्रकाहरुलाई सम्मान एवम् जातीय झाँकीहरुको प्रदर्शन गिरने भएको छ । महाधिवेशनमा धिमाल जातिको कला संस्कृतिका साथै लिम्बु जातिको केलाङ (च्याब्रुङ नाच), राई जातिको साकेला एवम् सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार