इलाममा थपिए साढे ६ हजार मतदाता

इलाम : इलाममा पछिल्लो समय छ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत छ हजार चार सय बीस जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

गत १७ मंसिरदेखि ९ पुससम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत दुई हजार सात सय सन्तानब्बे महिला र तीन हजार छ सय तेइस पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूका अनुसार देउमाई नगरपालिकामा नौ सय ८७, फाकफोकथुम गाउँपालिकामा आठ सय ९२, माईजोगमाई गाउँपालिकामा दुई ससय ७४, माङसेबुङ गाउँपालिकामा चार सय १७ र सन्दकपुर गाउँपालिकामा दुई सय ७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

त्यसैगरी चुलाचुली गाउँपालिकामा एक हजार एक सय ६६, माई नगरपालिकामा एक हजार ९१, रोङ गाउँपालिकामा चार सय ६६ र सूर्योदयन गरपालिकामा आठ ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

अभियानअन्तर्गत पहिलो चरणमा १७ देखि २६ मंसिरदेखि देउमाई नगरपालिका, फाकफोकथुम, माइजोगमाई, माङसेबुङ र सन्दकपुर गाउँपालिकामा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम भएको थियो । दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म चुलाचुली, रोङ गाउँपालिका एवम् माई र सूर्योदय नगरपालिकामा कार्यक्रम संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार