मोर्डन क्याम्पस इलाममा बिद्यार्थी माथी कुटपिट

इलाम : इलामको मोर्डन क्याम्पसका बिद्यार्थीमाथी कुटपिट भएको छ । बिद्यालयमा अध्ययनरत बियोग मगर र अर्का एकजनालाई बुधबार कुटपिट भएको हो । मंगलबार पनि बिद्यालयकै सुवोध राईलाई कुटिएको बताइएको छ । कुटिएका दुबै बिद्यार्थी नेकपा एकिकृत समाजबादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूका रहेको बताइएको छ ।
अनेरास्ववियूका बिद्यार्थीहरुले १५ दिन अघिदेखी बिभिन्न बिषयगत माग राख्दै आन्दोलन गर्दै आएको थियो । आफ्ना माग पूरा नभएको भन्दै विद्यार्थी संगठनले मंगलबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए ।

नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शुल्क वृद्धि रोक गर्न, ल्याव निरन्तर सञ्चालन गर्न र प्रयोगात्मक क्रियाकलापमा विद्यार्थीलाई सामेल गराउनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका थिए । तर क्याम्पसले आफ्ना मागहरु प्रति बेवास्ता गरेको भन्दै ताला बन्दी गर्नु परेको नेकपा एसनिकट विद्यार्थी संगठनको भनाई छ ।

दुबैदिन बिद्यार्थीमाथी क्याम्पस प्रशासनले गुण्डा ल्याएर आफ्ना संगठनका बिद्यार्थीलाई कुटपिट गर्न लगाएको अनेरास्ववियू इलामका अध्यक्ष डिकेन्द्र दाहालले दावी गरे ।

मंगलबार कुटिएका बिद्यार्थीलाई इलाममा उपचार सम्भव नभएपछि बाहिर लगिएको र आज कुटिएका बिद्यार्थीलाई उपचार गरिरहेको बताइएको छ । बिद्यार्थीको शरिरमा चोट लागेको अध्यक्ष दाहालले बताए । आज कुटिएका बियोग मगर अनेरास्ववियूका क्याम्पस अध्यक्ष रहेको बताइएको छ ।

यता क्याम्पस प्रमुख माधव सुवेदीले तालाबन्दी गर्ने बिद्यार्थीमाथी पढ्न चाहने बिद्यार्थीहरुले पढ्न नचाहानेलाई कुटेको बताए। अनेरास्ववियूले दोषिमाथी तत्काल कारबाहि गर्न माग समेत गरेको छ ।
क्याम्पसमा राजनिति चल्न थालेको भन्दै सामाजिक सञ्चालमा यसको चर्चा चुलिन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार