‘निरा स्मृति पत्रकारीता पुरस्कार’ स्थापना

इलाम : इलाम वरिष्ठ गीतकार, सगींतकार, गायक एवम् रेडियो फिक्कलका अध्यक्ष गणेश रसिकले आफ्नी स्वर्गीय पत्नीको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।

रसिकले गत कात्तिकमा निधन भएकी पत्नी निरा शेरचन राईको नाममा २० हजार राशीको ‘निरा स्मृति पत्रकारीता पुरस्कार’ स्थापन गरेका हुन् ।

गणेश रसिक फाउण्डेसनको सस्थांपक अध्यक्ष समेत रहनुभएकी स्वर्गीय निराको स्मृतिमा रसिक परिवारले प्रदेश १ का पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी पुरस्कार स्थापना गरेका हुन् ।

पत्रकारीता समाजको ऐना भएकोले समाजमा विकास परिर्वतनको पक्षमा सकत्मक कलम चलाउनेहरुमध्येबाट निष्पक्ष पारदर्शी रुपमा छनोट गरेर पुरस्कार प्रदान गरिने रसिकको भनाई छ ।

सो पुरस्कार हरेक वर्ष स्वर्गीय निराको निधन भएको दिन कात्तिक १० गते प्रदान गरिनेछ । यय वर्ष भने रेडियो फिक्कलको वार्षिक स्थापना दिवसको दिन १७ पुसमा प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट सहजीकरण र वितरण व्यवस्थापन गणेश रसिक फाउन्डेसनको समन्वयमा रेडियो फिक्कलले गर्नेछ । पुरस्कार प्रदान गरिनेको नाम १२ पुसमासम्म छनोट गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार