इलाममा पतिद्वारा पत्‍नी र छोरीको हत्या

  बालकृष्ण बस्‍नेत

इलाम : इलामको देउमाई नगरपालिका ५ का एक युवाले गएराती पत्नी र छोरीको हत्या गरेका छन् ।

३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले ३५ वर्षीया पत्नी सीता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङ हत्या गरेका हुन् ।

साथै घरमा पालेको कुकरको समेत हत्या गरेका छन् ।

पूर्णचन्द्रलाई प्रहरीले पक्राउ गरेको बुझिइएको छ ।

घटनाको सम्बन्धमा पूर्ण विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार