पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम : मेची राजामार्गको इलाम स्थित धोबिधारा खण्डमा सडक दवेपछि राजमार्ग अवरुद्ध भएको छ । सडकको आधाभन्दा धेरै भाग चुडिएर झरेको हो । अहिले राजमार्गमा गुड्ने सवारी साधनलाई इलाम बजार क्षेत्रवाट घुमाइएको छ ।

राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिरछेउसम्म जोखिम बढेको छ । राजमार्गवाट वजार प्रवेश गर्ने मन्दिर नजिकैको क्ष्ँेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौ घर जोखिममा छन् ।

राजमार्ग अवरुद्ध हुनेगरी पहिरो झरेको ठाउँमा तल्लोपट्टि पनि अग्लो भिर रहेकाले पुनः राजमार्ग सञ्चालन गर्न निकै समय लाग्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार