सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा

  नयाँ बुलन्द
91 Shares

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।

एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसद्लाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । निवेदन दर्ता हुन बाँकी छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद् कारबाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए । रिटमा कारबाही गरेर १४ सांसद्लाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ ।

एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ ।

एमालेले १४ सांसदलाई कारबाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद् सचिवालयमा सिफारिस गरेको थियो । तर सभामुख सापकोटाले कारबाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसद्लाई कारबाही गर्न नपर्ने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार