अमेरिकामा चलचित्र ‘के’ ले पायो उत्कृष्ट कथा अवार्ड

  नयाँ बुलन्द
1.5k Shares

न्युयोर्क : नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र “के” ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ ।

अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र के ले बेस्ट स्टोरी अवार्ड जितेको हो ।

 नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो ।

सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन भने नेवारी चलचित्र जा मन गुभाजुले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ ।

यसै गरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् । २७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ ।

अवार्ड वितरण समारोहमा युवाहरूको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातीमा पनि दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

यस्तै विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार